JanataToday.com

Advertisment

SKIP THIS

नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

 

काठमाण्डाै – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २० रनले पराजित भएको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । नेपालकी सीता राना मगरले सबैभन्दा धेरै ४५ बलमा २८ रन बनाइन् । यस्तै कविता जोशीले २७, पूजा महतोले २४ रन बनाइन् । नेदरल्यान्ड्सकी करोलिन डी लाङ्गे र इभा ल्यान्चले २/२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रन बनायो । नेदरल्यान्ड्सकी रोबिन रिज्केले ५९, आइरिस ज्विलिङ्गले ३१ रन बनाए । दुवै जना नटआउट रहे । नेपालकी कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले १/१ विकेट लिए ।

यो खेलमा एलिसाकुमारी यादव र मनिषा उपाध्यायले नेपाली महिला राष्ट्रिय टोलीबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।

प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्यान्ड, पर्सि नेपाल र थाइल्यान्ड, माघ २० गते नेदरल्यान्ड्स र नेपाल, माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपालबीच खेल हुनेछ ।

 

यस्तै माघ २३ गते नेपाल र नेदरल्यान्ड्स, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड तथा माघ २५ गते नेपाल र थाइल्यान्ड खेल्नेछन् । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

प्रकाशित मिति : बिहिबार, माघ १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij