बुटवल , हस्पिटालिटी क्षेत्रमा बेग्लै पहिचान बनाएको सिद्धार्थ विजनेश ग्रुपले आफ्नो २७ औ वार्षिकोत्सबको अवसरमा विविध रचनात्मक कार्यक्रम गरेको छ ।
स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार तिलोत्तमा ७, भलबारीस्थित सृजनशिल संस्था नेपालमा आश्रित बालबालिकाहरूलाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । संस्थामा आश्रित ३२ जना बालबालिकासहित ४० लाई शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गरिएको कटेजका प्रबन्धक पुरुषोत्तम आचार्यले बताए । सेवामुलक संस्थाको रूपमा पहिचानसंगै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको भन्दै उनले स्थापना दिवसकै अवसरमा २२ गते मंगलबार कटेज परिसरमा रक्तदान कार्यक्रम समेत भएको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा भएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको उनले बताए । माघ २३ गते विशेष कार्यक्रमसहित शुभकामना आदानप्रदान हुने भएको छ । २७ औ स्थापना दिवसको दिन ग्राहकलाई कटेजको खानामा २७ प्रतिशत छुट दिईने उनले बताए । मिलनचोकमा रहेको कटेजमा हाल १७ जना किचन स्टाफसहित ६२ जना कर्मचारी कार्यरत छन ।
प्रकाशित मिति : बुधबार, माघ २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्