JanataToday.com

Advertisment

SKIP THIS

त्रिदेशीय महिला टी–२० क्रिकेट शृङ्खला : अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डले खेल्दै

त्रिदेशीय महिला टी–२० क्रिकेट शृङ्खला : अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डले खेल्दै

काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङखलाको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डले खेल्दैछन् ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । लगातार ५ खेलमा जीतविहिन नेपाल यसअघि नै उपाधि होडबाट बाहिरीसकेको छ ।

आजको अन्तिम खेलबाट थाइल्याण्ड र नेदरल्याण्ड्समध्ये एकले उपाधि जित्नेछ । हिजो थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले पनि उपाधिको सम्भावनालाई कायमै राख्यो ।

नेदरल्याण्ड्सले उपाधि जित्न आज नेपालले थाइल्याण्डलाई फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ । तर नेपाल सामान्य अन्तरले पराजित भएमा थाइल्याण्डले उपाधि जित्नेछ ।

नेदरल्याण्ड्स ६ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । थाइल्यान्ड ५ खेलमा ८ अङ्कसहित शीर्ष स्थानमा छ । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

प्रकाशित मिति : शुक्रबार, माघ २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij