प्रतिनिधिसभा बैठकमा आज यस्ता कार्यसूची

प्रतिनिधिसभा बैठकमा आज यस्ता कार्यसूची

file

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ। बैठक दिउँसो १ बजे शुरु हुनेछ।

 

 

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ।

यसमाथिको छलफलपछि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा शून्य र विशेष समयमा पनि सांसदले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गर्नेछन्।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij