रुकुममा एकै घरका २ जनाको हत्या, एक मृत फेला

रुकुममा एकै घरका २ जनाको हत्या, एक मृत फेला

रुकुम पूर्व — भूमे गाउँपालिका–४ साकिममा दुई जनाको हत्या गरी फरार रहेको भनिएका व्यक्ति पनि मृत भेटिएका छन् ।

साकिमका अन्दाजी ५१ वर्षका चन्द्रसिंह पुनले सोही ठाउँका ६० वर्षीया ढाटी बुढा र निजका नाति ८ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो ३ बजेको समयमा पुनले घरमै गएर हत्या गरेको पुष्टि भएपछि खोज्दै जाँदा उनीसमेत सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख माधवराज खरेलले बताए ।

‘पुनको टाउकोमा धारिलो हतियाले चोट लागेको देखिएको छ । बाँकी हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij