JanataToday.com

Advertisment

SKIP THIS

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : तेस्राे दिन आज पाँच खेल सम्पन्न

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : तेस्राे दिन आज पाँच खेल सम्पन्न

बुटवल-बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत तेस्राे दिन आज पाँच खेल सम्पन्न भएको छ ।

बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा
आज भएको नवरत्न मावि र नविन औद्याेगिक माविबीचको खेलमा ४-१ गाेल अन्तरले नविन औद्याेगिक मावि विजयी भएको छ ।
चारपाला खेल मैदानमै भएको सरस्वती मावि र त्रिभुवन युनाइटेड स्कुल बीचको अर्को खेलमा सरस्वती मावि ३-० ले विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजङ् गुरूङले जानकारी दिए ।

उता जवई खेलमैदानमा आजै भएको नयाँगाउँ मावि/ सरस्वती आधारभूत विद्यालयबीचको खेलमा ३-० ले नयाँ गाउँ मावि विजयी भएको छ भने ज्ञानाेदय मावि र माेतिपुर माविबीचको खेलमा ४-० ले माेतिपुर मावि विजयी भएको छ ।

त्यस्तै जवई खेलमैदानमै आज भएको प्रगति मावि र न्यु होराइजनबीचकाे खेलमा २-० ले न्यु होराइजन विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजंग गुरूङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भाेली ८ गते बिहीबार चारपाला खेल मैदानमा नविन औद्याेगिक मावि/ सरस्वती मावि तथा कान्ति मावि /स्कलर्स हाेमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताए ।
त्यस्तै जवई खेलमैदानमा छात्र तर्फ नयाँगाउँ मावि/न्यु होराइजन र माेतिपुर/ अक्सफोर्ड माविबीच प्रतिस्पर्धा हुदैछ भने छात्रा तर्फ न्यु होराइजन/अक्सफोर्ड मावि तथा कान्ति मावि / गार्गी माविबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष पियाले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij