JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा जारी मेयर कप अन्तरविद्यालय फुटबल : क्वाटरफाइनलको समिकरण पुरा,आज सेमिफाइनल

बुटवलमा जारी मेयर कप अन्तरविद्यालय फुटबल : क्वाटरफाइनलको समिकरण पुरा,आज सेमिफाइनल

बुटवल , बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन हिजो क्वाटर फाइनल समिकरण पुरा भएको छ । प्रतियोगिता अन्तर्गत आज शुक्रबारदेखि सेमिफाइनल खेल हुने भएको छ ।

बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा हिजो भएको पहिलो क्वाटर फाइनलमा नविन औद्योगिक माविलाई ३–२ ले हराउँदै सरस्वती मावि सेमिफाइनलमा प्रवेश गरेको छ ।

चारपाला खेल मैदानमै भएको अर्को खेलमा कान्ति माविलाई ३–० ले हराउँदै स्कलर्स होम सेमिफाइनलमा प्रवेश गरेको बुटवल नगर खेलकुद विकास समितिकी प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिनुभयो ।

उता जवई खेलमैदानमा आजै भएको नयाँगाउँ मावि र न्यू होराइजन स्कुलबीचको खेलमा स्कलर्स होम ३–० ले विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

जवई खेलमैदानमै हिजो भएको मोतिपुर मावि र अक्सफोर्ड माविबीचको खेलमा २–० ले अक्सफोर्ड विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजंग गुरूङले जानकारी दिनुभयो । आजको जितसँगै अक्सफोर्डले पनि सेमिफाइनल यात्रा तय गरेको छ ।

त्यस्तै जवई खेल मैदानमै हिजो भएको छात्रा तर्फको क्वाटरफाइनल खेलमा कान्ति माविलाई १–० ले हराउँदै गार्गी मावि सेमिफाइनलमा प्रवेश गरेको छ भने न्यू होराइजन र कालिका मानवज्ञान मावि बीचको खेलमा पेनाल्टी सुटआउटमा ३–२ ले कालिका विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज शुक्रबार चारपाला खेलमैदानमा सरस्वती मावि र स्कलर्स होमबीच सेमिफाइनल खेल हुनेछ । उता जवई खेलमैदानमा आजको  खेलमा न्यू होराइजन मावि र अक्सफोर्ड माविबीच सेमिफाइनल हुने छ भने छात्रा तर्फ ज्ञानोदय मावि र गार्गी मावि तथा नविन औद्योगिक मावि र कालिका मानवज्ञान माबिबीच सेमिफाइनल प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो । छात्र तर्फ विजेता विद्यालयले नगद एक लाख पुरस्कार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपपिजेताले नगद ६० हजार पुरस्कार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

छात्रा तर्फ विजेताले नगद ५० हजारसहिद शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij