पत्रकार स्व. देव बहादुर पाटामगरको १६ औं स्मृति दिवसको अवसरमा फलफूल तथा खाद्य सामग्री वितरण

पत्रकार स्व. देव बहादुर पाटामगरको १६ औं स्मृति दिवसको अवसरमा फलफूल तथा खाद्य सामग्री वितरण

तिलोत्तमा, रुपन्देहीका पत्रकार स्व. देव बहादुर पाटामगरको १६ औं स्मृति दिवसको अवसरमा फलफूल तथा खाद्य सामग्री वितरण गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व। देव बहादुर पाटामगरको स्मृतिमा बुघबार एक कार्यक्रमका बीच बुटवल जीतगढी स्थित कुष्ठरोगबाट प्रभावित व्यक्ति कल्याण समितिमा आश्रित कुष्ठरोगबाट प्रभावितहरुलाई फलफूल, दाल, चामल, तेल, चिनी लगायतका खाद्य सामग्री वितरण गरिएको फोनिज रुपन्देहीका अध्यक्ष मीन बहादुर रानाले जानकारी दिनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज केन्द्रीय उपाध्यक्ष सरु राना, प्रदेश इन्चार्ज मिलन गाहा, फोनिज रुपन्देहीका निवर्तमान अध्यक्ष सनु थापा, नेपाल मगर संघ बुटवल उपमहानगर उपाध्यक्ष लुम बहादुर सारुमगर, पाटाका धर्मपत्नी नारायणी पाटा, राज चौधरी, आकृति थापा लगायतको उपस्थितिमा फलफुल तथा खाद्य सामग्री वितरण गरिएको हो ।

बुटवलमा रहेर सक्रिय पत्रकारिता गर्नेक्रममै वि।स। २०६५ सालमा पाटामगरको बुटवल लखनचोक चौराहामा सडक दुर्घटनामा परी निधन भएको थियो । देव पाटा स्मृति दिवसको अवसरमा फोनिज रुपन्देहीले हरेक वर्ष रचनात्मक कार्य गर्दै आइरहेको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij