लुम्बिनी प्रदेशका सडक बत्ती वापतको रकम भुक्तान गर्ने स्थानीय पालिकाका प्रमुखलाई सम्मान

लुम्बिनी प्रदेशका सडक बत्ती वापतको रकम भुक्तान गर्ने स्थानीय पालिकाका प्रमुखलाई सम्मान

बुटवल , लुम्बिनी प्रदेशका सडक बत्ती वापतको रकम भुक्तान गर्ने स्थानीय पालिकाका प्रमुखलाई सम्मान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण तितरण तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रादेशिक कार्यालयले प्रदेश अन्तर्गतका १५ वटा पालिकाहरुलाई प्रशंसापत्रबाट सम्मान गरिएको हो

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद पाण्डेले सडक बत्तीको विद्युत महशुल भुक्तानी गर्ने स्थानीय तहका प्रमुख तथा प्राधिकरणका कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रसंशापत्रबाट सम्मान पुरस्कृत गरिएको छ ।

कार्यक्रममा बर्दघाट नगरपालिकाले १ करोड ३ लाख ७४ हजार ६ सय ६८ रुपैयाँ, रामग्राम नगरपालिकाले ३५ लाख १६ हजार ७ सय १७ रुपैयाँ, सिद्धार्थनगर नगरपालिकाले ६२ लाख, तिलोत्तमा नगरपालिकाले ४७ लाख ९६ हजार ९ सय, सियारी गाउपालिकाले ४ लाख ६८ हजार ७ सय ८८, ओमसतिया गाउँपालिकाले ४ लाख, कपिलबस्तु नगरपालिकाले १९ लाख ८५ हजार, सन्धिखर्क नगरपालिकाले ५ लाख ६९ हजार ९ सय ४२, भुमिकास्थान नगरपालिकाले २० हजार, रेसुङ्गा नगरपालिकाले २ लाख ७६ हजार ६ सय ८५, प्रतापपुर गाउपालिकाले २ लाख ५७ हजार ४ सय ५०, सरावल गाउपालिकाले १ लाख ५३ हजार ९ सय ८३, सुस्ता गाउपालिकाले ३२ लाख रुपैयाँ सडकबत्ती बापतको बक्यौता तिरेका छन् ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय सरकार प्रमुखहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त गरेको भन्दै त्यसलाई पूरा गर्ने बचनबद्घता दिए ।

सरकारकै अंगका रुपमा रहेको प्राधिकरणको कामबाट सरकारलाई नै राजस्व संकलन हुने उनले बताए । आठ वर्षअघि लोडसेडिङ र न्यून वितरण रहेको अवस्थाबाट अहिलेको अवस्थामा आएको उनले बताए । गाउँगाउँमा विद्युत लग्ने काम गरेको भन्दै उनले  ‘९९ प्रतिशत जनतामा विद्युत पुगेको छ ‘ भने ।

ईभि चार्जिङ स्टेशन निर्माणमा ६० प्रतिशत प्राधिकरणबाट लगानी गरेर नै एक हजार बढी स्टेशन तयार भएको उनले बताए । यसबाट विद्युत खपत संगै रोजगारको अवसर सृजना भएको उनले दाबी गरे । देशभरमा अझै ८ हजार बढी स्टेशन निर्माण हुने उनले बताए । आठ वर्षअघि वर्षको ९ अर्ब घाटा रहेको प्राधिकरण अहिले ठूलो रकम लगानी गर्दा पनि शुल्क घटाउने र सहुलियत समेत दिएर नाफामा रहेको उनले बताए ।

कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले विद्युत प्राधिकरण ग्रामीण क्षेत्रमा सेवा प्रदान गर्न निकै सुस्त रहेको दुखेसो गरे । विद्युत पोल, वितरण लगायतका धेरै कामहरु ब्यवस्थित गर्नेतर्फ प्राधिकरणको ध्यान जान नसकेको उनले दाबी गरे। भैलुभुजको ट्रान्सफारमर चोरीका घटनाहरुको विषय, हाईटेन्सन लाइनको ब्यवस्थापनमा समेत ध्यान दिन उनले आग्रह गरे।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खानले पेट्रोल, डिजेल लगायत आयात विस्थापित गर्न उत्कृष्ट गतिमा गैरहेको बेला यसमा नै ध्यान दिन जरुरी रहेको उनले बताए।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले विद्युत प्राधिकरण नाफामुलक अवस्थामा पुगेको र अब यसलाई ब्यवस्थापनतर्फ अघि बढ्नुपर्ने सुझाव दिए । घरघरमा एलपि ग्यास प्रतिस्थापन गर्ने र विद्युत उपयोग बढाउनेतर्फ जोड दिन उनले आग्रह गरे ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले प्राधिकरणको सहयोगमा आफ्नो पालिकाका धेरै क्षेत्र उज्यालो बन्न सफल भएको बताए ।

कार्यक्रममा सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले कृषिमा अनुदान, विद्युत मोटर दिने जस्ता कुराहरु ब्यवहारमा लागु हुन नसकेको दुखेसो गरे ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij