राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेलाई  आज  भैरहवा ल्याईने

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेलाई  आज  भैरहवा ल्याईने

काठमाडौं , राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेलाई  आज  भैरहवा ल्याईने भएको छ ।

शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले  आज भैरहवा ल्याउने तयारी गरेको हो । ‘आज विमानमार्फत भैरहवा लाने तयारी गरेका छौं’, एक प्रहरी अधिकारीले भने ।

प्रहरी स्रोतका अनुसार उनलाई हिजो जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको हो।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।

लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो ।

प्रकाशित मिति : शनिबार, चैत्र २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij