काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबलमा शीर्ष स्थानको लिभरपुल आठौँ स्थानको फुलहामसँग पराजित भएको छ ।
गएराति भएको खेलमा फुलहामले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो । यस्तै अर्को खेलमा टोटनहम हट्सपरले साउथ्याम्पटनलाई ३–१ ले पराजित गरेको छ ।
हिजै भएको खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी तथा ब्रेन्टफोर्ड र चेल्सीले भने गोलरहित बराबरी खेलेका छन् ।
ईपीएलमा लिभरपुल ७३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै आर्सनल ६२ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ५७ अङ्कसहित तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्