भैरहवा,नेकपा एमाले की सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएकी छन् । उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरिन् ।
एमाले जिल्ला कमिटी, रुपन्देहीले चैत २९ गते बुटवलमा आयोजना गर्न लागेको जागरण सभाबारे मंगलबार पुष्पलाल स्मृति भवनमा पार्टीको जनसंगठनहरुसँगको छलफल कार्यक्रममा सचिव अर्यालले अब नेपाली समाज अध्याँरोतर्फ फर्कन नसक्ने बताइन् । उनले राजतन्त्र फर्कन नसक्ने दावी गरिन् ।
‘नेपालको संविधानले राजालाई चिन्दैन, राजसंस्था अवैज्ञानिक व्यवस्था हो, उनले भनिन्–‘चैत १५ गते काठमाडौंमा लुटपाट, आतंक मच्याउने र व्यक्तिको निजी सम्पत्तिमाथि भएको तोडफोडको जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ भन्ने एमालेको धारणा हो ।’ पूर्वमन्त्री समेत रहेकी अर्यालले चैत २९ गते बुटवलमा एमालेको तागत देखिने बताइन् ।
मुलुकको अस्थिरता नै विकासको बाधक भएको र यसलाई मध्यनजर गर्दै दुई ठूला दल मिलेर सरकार बनाएको उनले बताइन् । ‘काँग्रेस–एमाले मिलेर सरकार नबनाएको भए धेरै सरकार बनिसक्थे । छिटोछिटो सरकार परिवर्तन रोक्न ठूला दल मिलेका हौं,’उनले भनिन्(‘यो समीकरणका माध्यमबाट राजनीतिक स्थिरता दिन खोजेका छौं ।’
नेपालमा गणतन्त्र स्थापनाका लागि बलिदानीपूर्ण आन्दोलन भएकाले यसको रक्षा गर्नुपर्नेमा उनले जोड दिइन् ।
एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय समितिका संयोजक बाबुराम पन्थीले नजागरण सभामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने बताए । उनले सभामा ५० हजार बढीको उपस्थिति हुने दावी गरे । ‘संविधान र गणतन्त्रविरुद्ध सुनियोजित गतिविधिहरु भइरहेका छन्, ’उनले भने–‘यस्ता गतिविधिलाई निस्तेज पार्न तथा लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेले यो कार्यक्रम गर्दैछ।’
प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्