संघीयताको विकल्प खोज्नु भनेको राजनैतिक दूर्घटना निम्ताउनु होः गगन थापा

संघीयताको विकल्प खोज्नु भनेको राजनैतिक दूर्घटना निम्ताउनु होः गगन थापा

बुटवल ,  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठुलो संर्घषका वाबजुद ल्याईएको संघियता टाउकोले टेकेको भएकोले यसलाई खुट्टाले टेकेको संघियता अहिलेको आवश्यकता भएको बताए । उनले संघियताको विकल्प खोज्न नहुने भन्दै संघियतालाई ठिक ढंगले संचालन गर्न नजान्दा समस्या भएको जिकीर गरे ।

उनले सरकारमा रहेका मन्त्रि , प्रधानमन्त्री ले १८/२० घण्टा काम गर्न सुझाव दिए। सरकारको राम्रो कामको प्रचार आफुहरुले गर्ने भन्दै उनले सरकारले ठीक समयमा ठीक काम  नगरेकै कारण शिक्षकहरु सडकमा उत्रिएको बताए । साथै उनले शिक्षकहरूको माग सम्वोधन गरेर छिटोभन्दा छिटो कक्षाकोठामा फर्काउन सरकारलाई आग्रह गरे ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं। १ को क्षेत्रीय सम्मेलनको बुधवार रुपन्देहीको देवदहमा उदघाटन गर्दै महामन्त्री थापाले प्रदेशको खर्च घटाउदै जनप्रतिनिधीको संख्या पनि कमगर्न जरुरी रहेको छ भन्दै महामन्त्री थापाले प्रदेशको मुख्यमन्त्री बनाउने पद्धतीमा समेत परिवर्तन आवश्यक रहेको प्रष्ट पारे । मुलुकको निर्वाचन प्रणालीमा आमुल परिवर्त आवश्यक रहेको भन्दै उहांले केन्द्रिय सांसद प्रदेश सांसद र स्थानियका जनप्रतिनिधीहरुको संख्यापनि घटाएर खर्च कम नगदासम्म जनताले मुल प्रवाहका दलहरु प्रतिको वितृष्णा कम नहुने तर्क गरे ।

 

कांग्रेस र एमालेको गठबन्धनबाट वनेको सरकार बलियोमात्रै भएर पुग्दैन, जनताको विश्वास आर्जन गर्ने गरी काम गर्न नसकेको खुलासा गरे । तावाको विड तातेर हुदैन तावा नै तात्नु पर्ने भन्दै उहाँले प्रधानमन्त्री ओली प्रति ईगित गदै तावा तताउने काम कमजोर भएको बताए ।

 

महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने बिषयमा सरकारले अझै कामको गति अघि बढाउनुपर्ने उल्लेख गरे । गणतानत्तँम्क् व्यवस्थामा समस्या छन त्यसको समाधान अपरिहार्य छ भन्दै महामनत्री थापालसंघियताको विकल्प खोज्नु भनेकी राजनैतिक दूर्घटना निम्ताउनु हो, उनले भने ।

उहाले नेपालको राजसंस्थाको चरित्र नै संबैधानिक भएर बस्न नसक्ने भएको विगतका प्रमाणहरुले देखाएको प्रसंग उल्लेख गदै पछिल्लोसमय जनतामा आक्रोश बढिरहेको र राजाबादी समूहले जनतामा रहेको असन्तुष्टीलाई दुरुपयोग गर्ने गरि आगोमा घिउ थप्ने काम गरिरहेको चेतावनी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य केन्द्रिय सदस्य बालकृष्ण खांण , अब्दुल रज्जाक, भरतकुमार शाह ,गंगा शाही ,नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण लगायतले देशमा विकास भएको छ तर जनताले सोचे र खोजे अनुसारको विकास नभएको कारण असन्तुष्टी बढेकोले अव विकासको गति बढाउनु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं १ का क्षेत्रीय सभापति हिरा केसीको सभापतित्वमो कार्यक्रम भएको हो ।

प्रकाशित मिति : बिहिबार, चैत्र २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij