JanataToday.com

Advertisment

SKIP THIS

आईपीएल क्रिकेटमा दिल्लीले बैंग्लुरुलाई ६ विकेटले हरायो

आईपीएल क्रिकेटमा दिल्लीले बैंग्लुरुलाई ६ विकेटले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ ।

 

हिजोको खेलमा दिल्लीले घरेलु टोली बेङ्गलुरुलाई ६ विकेटले पराजित गरेको हो । बेङ्गलुरुले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमा चार विकेट गुमाउँदै १६९ रन बनायो ।

 

दिल्लीका लागि केएल राहुलले अविजित ९३ रन बनाए । ट्रिस्टन स्टब्सले पनि अविजित रहँदै ३८ रन जोडे । बेङ्गलुरुका भुवनेश्वर कुमारले दुई विकेट लिए ।

 

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा बेङ्गलुरुले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रन बनाएको थियो । बेङ्गलुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए ।

 

दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए । यो नतिजासँगै दिल्ली लगातार चार खेल जित्दै आठ अङ्कका साथ प्रतियोगितामा दोस्रो स्थानमा छ ।

 

समान अङ्क रहेको गुजरात टाइटन्स रनरेटको आधारमा शीर्ष स्थानमा छ । पाँच खेल खेलेको बेङ्गलुरु भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।

 

आईपीएलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij