बुटवल– प्रविधिको विकासले विश्वलाई खुम्चयाएको छ। कुनैपनि मुलुकमा बसेर विश्व घटनालाई अध्ययन गर्न इन्टरनेटको विकास संगै सहज भएको छ ।यसको सदुपयोगले मानिसको दैनिकीलाई जती सहज बनाएको छ। दुरुपयोगले त्यती नै ठूला दुर्घटना पनि निम्तीएका छन् । प्रविधिको विकास संगै अनलाइन ठगीका शैलीहरु परिस्कृत हुँदै गएका छन् । पछिल्लो समय नेपालमा दैनिक यस्ता घटना बढ्दै गएको प्रहरीको तथ्यांक छ। सबैभन्दा धेरै सामाजिक सञ्जालबाट ठगिएका छन्।
पछिलो समय अनलाइन ठगी बढेको छ । ठगहरुले अनलाइनलाई ठगीको माध्यम बनाएका छन् । फेसबुक,इन्स्टाग्राम,टेलिग्राम,ह्वाट्सएप,म्यासेन्जर, भाइबर तथा इमेल लगायत गरी डिजिटल वालेट तथा बैंक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै गर्ने गरेको पिडितहरुले बताएका छन् ।
अनलाइन ठगिका घटना बढेपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले विभिन्न समयमा विशेष सावधानी अपनाउन अनुरोध सहित सुचना जारी गर्ने गर्दछ । सीआईबीले भनेजस्तै अहिले नेपालको बैंकिङ्क प्रणाली डिजिटल माध्यमतर्फ रुपान्तरण हुँदै गर्दा प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरु दिनप्रतिदिन बढ्न थालेको छ । प्रविधिको पहुँच बढ्दै गएको भए पनि बैंकिङ्क कारोबार अनि गोपनीयता जस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरुको संख्या बढेको जानकारहरु बताउँछन् ।
चिठ्ठा परेको भन्दै सर्वसाधारणहरुको गोप्य विवरणहरु प्राप्तगर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरु धेरै भएका छन् । यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार महिलाहरु बढी परेका छन् ।सामाजिक सञ्जालबाट साथी बनेर प्रेमको नाटक गर्ने,मोबाइल तथा कपडा किनिदिने ,विभिन्न प्रलोभन देखाउने विदेश पठाउनेजस्ता प्रलोभन देखाएर प्रलोभनमा पारेको तथ्यांक छ ।प्रहरीको तथ्यांक हेर्ने हो भने अनलाइन ठगीमा महिलाहरु बढी ठगीमा पर्ने गरेका छन् । तर, धेरैजसो घटना प्रहरीमा उजुरी समेत गरेको पाइदैन ।
प्रलोभनमा पारी ठगी गरेका केहि घटना हेरौँ
घटना १
मिती २०८० साउन ४ गते एक अपरिचित मानिसले रुपन्देहीका ( नाम परिवर्तन अनिता थापा) सँग सामाजिक संजाल म्यासेन्जरमा कुराकानी हुँदै गयो । निरन्तर कुराहुने क्रममा उनलाई उक्तm अपरिचित व्यक्तिले म जापानमा बस्छु । म जापानको ठुलो व्यवसायीक मान्छे हो म तिमीलाई विवाह गरी जापान ल्याउँछु भनेर प्रलोभनमा पारे।
कुराकानी कै सिलसिलामा विश्वास दिलाएको र विवाह दर्तालगायतको प्रक्रिया गर्नुपर्छ तिम्रो नाममा पैसा पठाइदिन्छु भनि खाता खोल्न लगाए । बंंैक खाता खोलेपश्चात सो मानिसले रुपन्देहीको तिलोत्तमामा बस्ने ( नाम परिवर्तन हेम बहादुर राना) लाई जापान पठाउन भनी अनिता थापाको खातामा रकम हेम बहादुरलाई पठाउन लगाए।अनिताको खातामा १४ लाख ९० हजार पठाइदिए ।त्यसपश्चात विवाह दर्तालगायतको प्रकृयाको लागि भन्दै अनितालाई पोखरा बोलाए ।
त्यसपश्चात उक्तm मानिसले पैसा बैंकबाट निकाली एकजना अपरिचित व्यक्ति पैसा लिन आउँछ त्यही व्यक्तिलाई पैसा दिन लगाए । अनितालाई त्यो कुरामा सँका लाग्न थाल्यो उनले यसरी पैसा दिन नमानेपछि पैसा तनहँुको अमन थापाको नाममा पठाउन लगाए ।
अमन थापाको आमा मनकुमारी थापालाई उक्त व्यक्तिले छोरालाई जापान पठाउँछु भनी कुरा गरिरहेको थाहा पाए पश्चात अमन थापाको नाममा सो पैसा गएपश्चात अमनलार्ई पैसा निकाली पोखरा ल्याउन लगाए अमनले भने त्यो कुरा अस्वीकार गरेपश्चात अमनको आमा मनकुमारीलाई छोरालाई विदेश पठाउन लाग्ने पैसा र १४ लाख ९० हजार समेत गरि रु २५ लाख रुपँैया रकम झापाको हरि खत्रीको नाममा पठाउन लगाए ।
सोही मानिसले मनकुमारी भतिजी सन्जु थापामगरलाई पनि विवाह गरी जापान लैजान्छु भनी प्रलोभनमा पारे ।
हरि खत्रीलाई सो रकम सन्जु थापाको खातामा पठाउन लगाए र सन्जुलाई सो रकम निकालेर एक्लै पोखरा आउन भने ।
सन्जुले दुई पटक गरि सो रकम बुझाइन् । सो रकम बुझेपछि उक्तm व्यक्ति सबै सामाजिक सञ्जालबाट सम्पर्कविहिन भए ।यस क्रममा सन्जु ,मनकुमारी ,अनिता,हरि,अमन एकै पटक एकै जालोमा परेर ठगिए ।
घटना २
रुपन्देहीको देवदहका सिमा नेपाली नाम परिवर्तन उनलाई विगत तिन अगाडिदेखि एक अपरिचित माइकल नाम गरेको एक व्यक्तिले ह्वाटस्एपमा कुराकानी गर्न सुरु गर्दछन,सिमाको बास्तबिकता थाहा पाएपछि मैले सहयोग गर्ने बहानामा उपहार पठाएको छु भनी विभिन्न सुनका गरगहनाहरु मोबाइल घडी र डलर प्याकींग गरेको भिडियो देखाई सामान पठाएको छु लोभ र भ्रममापारी ठगी गर्ने अर्को मानिसकै अर्को साथीले म एयरपोर्टबाट हो तपाईको पार्सल आएको छ सामान सबै महगंो छ यो सामान पठाउन कर तिर्नुपर्छ भनि १० लाख पठाउन लगाए र सिमा नेपाली ठगीन पुगिन् ।
घटना ३
रुपन्देहीकै देवदहका अन्जना श्रेष्ठ नाम परिवर्तन उनी उमेरले ५० वर्षको भइन् ।आफन्त संग कुराकानी गर्न सामाजिक सञ्जाल ह्वाटसअप खोलीन ।त्यसै क्रममा उनलाई पनि अपरिचित एक व्यक्तिले म्योसेज पठाए।उनी पनि ठगिन पुगिनउनी भन्छिन्“ आफन्त संग कुराकानी गर्न खोलेकी थिए ह्वाटस्एपमा कुराकानी गर्दैगर्दा विभिन्न महगंो गहना मोबाइल,घडि लगायतका सामान पठाएको छु भनी फोटो हरु पठायो मैले होला भनेर विश्वास गरें र म ठगिन पुगें ” उनले अपरिचीत व्यक्तीको कुरामा विश्वास गरेर विभिन्न उपहार पाउने आशा गर्छिन् ।त्यसलाई पाउन कर तिर्नपर्छ भनि विभिन्न व्यक्तीको नाममा पैसा पठाउन लगाए उनले पनी भने जस्तै गरी ६ लाख अन्जनाले प्रलोभनमा परि अपरिचित व्यक्तीको नाममा उक्त रकम पठाइन त्यसपछि उक्तm व्यक्ति संंपर्कविहिन भएपछि बल्ल ठगिएको थाहा भयो र प्रहरीकोमा उजुरी गर्न पुगिन ।
घटना ४
रुपन्देहीको बुटवलका हरिकला गाहा नाम परिवर्तन उनी उमेरले ६१ वर्षको भइन् ।उनको एक विदेशी नागरिकसँग सामाजिक संञ्जाल म्यासेन्जरमार्फत कुरा हुन पुग्छ। उक्त विदेशी पुरुषले उनलाई विभिन्न किशिमका प्रलोभनमा पार्दछन् ।कुराकानी कै क्रममा उनले विभिन्न उपहार पठाएको छु भनी विश्वास दिलाउछन् ।मिती २०८१ असार अन्तिमबाट हालसम्म गरी पटक पटक ४९ लाख रुपैया पठाइन् र उक्त व्यक्ति सम्पर्कबिहनि भएपछि बल्ल ठगीमा परेको थाहा पाएपछि प्रहरीकोमा पुगिन र उजुरी गरिन् ।
घटना ५
रुपन्देहीको सैनामैनाका पार्वती खड्का सामाजिक सञ्जाल इन्सट्राग्राममा एक विदेशी व्यक्तिसंग चिनजान गर्न पुग्छिन् ।केहि गर्नुपर्छ भनेर अवसर खोजिरहेकी पार्वती सामान्य चिनजानको व्यक्तीले नयाँ अनलाइन व्यवसायको प्रस्ताव ल्याउछ आधा आधा पैसा जम्मा गरि अनलाइन व्यवसाय गर्न भनि पैसा पठाउन लगाउछ अनलाइन व्यापार गरी जीवनयापन गर्ने सोँचकासाथ व्यापार फाइदाको प्रलोभनमा परी अपरिचित व्यक्तीलाई ९० हजार पठाइन् पठाए लगत्तै उक्त व्यक्ती सम्पर्कविहिन भए। लगातार एक हप्ता सम्म पनि सम्पर्क हुन सकेन अनी पार्वतीलाई आफू ठगिएको थाहा पाइन् र प्रहरीकोमा पुगिन् ।
घटना ६
कपिलवस्तुका राधिका चौधरी बैदेशिक अध्ययनका लागि फिल्याण्ड जान तयारी गर्दै थिइन्। बिदेश जानकै लागी जग्गा धितोमा राखी बंैकबाट पैसा समेत निकालेर तयारी अन्तिम चरणमा थिइन्। त्यसैक्रममा सामाजिक संजाल इन्सट्राग्राममा एक व्यक्तीसंग कुराहुन पुग्छ सामाजिक संजालमार्फत कुरा भएको व्यक्तीले इन्नोभेसन सपिगं सेन्टर नामको पेजबाट पैसा २ राख्दा २ गुणा बढ्दै जाने भन्ने कुरा सुनाए राधिकाले पनि त्यसो गर्दै गइन् र सानो सानो रकम बढ्दै पनि गयो त्यसपछि उनलाइ विश्वास हुदै गयो।सानो सानो रकम बढ्दै गएबापत १५ लाख ६६ हजार खातामा राखिन ठुलो रकम पठाउनसाथ त्यो पेज नै हरायो उनी ठगिन पुगिन ।
घटना ७
रुपन्देहीका सिता परियार उनी २२ वर्षकी भइन् । उनी पढाइसंगै कामको खोजी थियो ।खाली समयको सदुपयोग गर्न उनी सामाजिक सञ्जालमा समय व्यतित गर्न लागिन् । मिती २०८१ वैसाख ३ गतेउनलाई सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग कुराहुँदा घरमै बसी बसी अनलाइन नोकरी गर्नुहोस भन्ने म्योसेज आउछ ।आएको म्यासेजको आधारमा विश्वास गरी उक्त व्यक्तिले भने बमोजिम बैंक खाता खोल्छिन र उनको खातामा पैसा आउन थालेपछि खातामा आएको रकम अरु खातामा पठाउन लगाइन्छ। र यसरी उनी पनी ठगिन पुगिन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दांगका प्रहरी नायव महानिरिक्षक दान बहादुर कार्की मूलत पछिल्लो समयमा साइबर स्पेसको प्रयोग गरेर धेरै किशिमको अपराधहरु ह्ुने गरेकोे जानकारी दिन्छन््। प्रविधिमा सचेत नबन्दा अन्लाइन ठगीको जोखीम उच्च छ ।सामाजिक सञ्जालमार्फत यस्ता अनलाइन ठगीका घटना बढिरहेका छन् । उनले भने,“ व्यापारको नाममा,ओटिपि मागेर गरिने ठगि, पैसा पठाउदा डबल हुन्छ भन्ने नाममा ठगी ,जागिर दिने, उपहार पठाउने, विदेशबाट सामान आउँदै छ यो ठाउँमा धरौटी तिर्न वा बुझाउन भन्दै विभिन्न बहानामा मोटो रकम असुल गरेको तर कुनै सामान नआएको घटना धेरै छन्,’’ हालसम्म प्रहरी अनुसन्धानअनुसार यस्ता ठगी गर्नेहरु प्रायजस्तो सीमापारी आधारित रहेको पाइएको छ । यस्ता घटनाहरु अनुसन्धान गर्दा धेरैजस्तो अपरेट गर्ने मान्छे भारतमा बसेर गरेको पाइएको छ । ठगी गर्नेहरुले ह्वाटस्एपजस्ता पत्ता लगाउन गाह्रो हुने माध्यमबाट संवाद गर्ने गर्दछन् । काम सकिएपछि ठगी गर्नेहरुले सामाजिक सञ्जालाताहरु पनि निष्क्रिय पार्ने गर्दछन् । कार्कीका अनुसार नेपालमा साइबर अपराध सम्बन्धी कारबाहीका लागी विद्युतिय कारोबार ऐन ,२०६३ लागु छ, साइबर अपराधमा संलग्न व्यक्तिलाई पाँच वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुबै सजाय हुन सक्छ ।
प्रविधिको दुरुपयोग गरेर गरिने यस्ता ठगीका घटनाहरुमा एकै व्यक्तिबाट तुलनात्मक रुपमा ठुलो रकम असुली हँुदैन ।अपराध अनुसन्धान महाशाखाका अनुसार ५० हजारदेखि १ लाख ५० हजारसम्मको ठगी यस्तो माध्यमबाट हुन्छ । तर फरक फरक व्यक्तिहरुलाई निसाना बनाइने हुँदा यस्तो रकम मासिकरुपमा डेढ करोडसम्म उठाइएको हुनसक्ने प्रहरीको अनुमान छ ।अनलाइनमार्फत हुने कारोबारको आकार तुलानात्मक रुपमा सानो हुने हुँदा पनि ठगी हुने रकम पनि सानै हुने वित्तीय संस्थाहरुको भनाइ छ।
नेपाल प्रहरीको तथ्याँक अनुसार पछिल्लो पटक फेसबुक,म्योन्जरबाट सबैभन्दा बढी ६२ दशमलव ३ प्रतिशत मानिस ठगीमा पर्ने गरेको देखिएको छ । त्यस्तै फेसबुकबाट ६१ दशमलव २ प्रतिशत ठगी तथा हिंसा हुने गरेको छ । सामाजिक सञ्जाल ट्विटरबाट १५ दशमलव ३ प्रतिशत र ह्वाट्सएपमा १२ दशमलव ८ प्रतिशत ,भाइबरमा ११ दशमलव ७ प्रतिशत ठगीका घटना भैरहेको छ । यसैगरी इमेलमार्फत ६ प्रतिशत र इन्स्टाग्राममार्फत ४ दशमलव ६ प्रतिशत हिंसा र ठगीहुने गरेको प्रहरकिो तथ्याँक छ ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा ६२१ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन् । दर्ता भएका मध्य सबैभन्दा धेरै रुपन्देहीमा १४७ र सबैभन्दा कम रुकुम पुर्वमा ७ उजुरी परेका छन्।त्यस्तै दाङमा १२७,नवलपरासीमा ५२ कपिलवस्तुमा ३८,गुल्मी २९,पाल्पा २०,अर्घखाँची १२, प्युठान १०,रोल्पा १५,बाँके १७० र बर्दियामा ९४ उजुरी परेका छन्।
यसैगरि २०८०–०८१ म १ हजार ३७३ वटा उजुरी परेका मध्ये रुपन्देहीमा ४९२, बाँके ३३६,नवलपरासीमा ८२ ,कपिलवस्तु ५३,गुल्मी २५,पाल्पा ६८,अर्घखाँची ५८ , दाङ १४९,प्युठान ३४ , रुकुम पुर्वमा ५,रोल्पा ४५ , र बर्दियामा २५ वटा उजुरी परेका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७९–०८० मा ६६२ वटा उजुरी परेका थिए ।जसमा रुपन्देहीमा १२२ दाङ ११९,बाँके १८२ नवलपरासीमा ८६,कपलिबस्तुमा ३४,गुल्मी ५,पाल्पा २७,अर्घखाँची २९,प्युठान १६,रुकुम पुर्व ४ ,रोल्पा १४ र बर्दियामा २४ वटा उजुरी परेका थिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अनलाइन ठगीका घटनामा वृद्धि भएपनि मुद्दादर्ता भने ८ वटा मात्रै मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०८१–०८२ मा रुपन्देहीमा २ कपिलवस्तुमा ५ र पाल्पामा १ मात्रै मुद्दा दर्ता भएको छ । भने प्रहरीकोमा उजुरी भने दैनिक रुपमा सरदर ४०–५० को हारहारीमा उजुरी पर्ने गरेको इलाका कार्यालय बुटवलले जनाएको छ ।
आमसञ्चार माध्यम प्रयोगमा नागरिक सचेत नहुने हो भने नयाँ नयाँ उपाय प्रयोग गरिँदा ठूलो समस्या भएको छ। एकै व्यक्तिले फरक फरक सामाजिक सञ्जालको प्रयोग गरेर ठगीका घटनामा संलग्न हुने गरेको देखिएको छ । सामाजिक सञ्जालको प्रयोगमा अपनाउनपर्ने सुरक्षा तथा सावधानीको ज्ञान नहुँदा डिजिटल ठगीमा पर्नु परेको सुचना प्रविधिको अन्तराष्ट्रिय महासंघका उपाध्यक्ष एवम सुचना प्रविधिका जानकार नवराज कुंवरले बताए ।
प्रकाशित मिति : शनिबार, चैत्र ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्