९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिए,सबैभन्दा धेरै नेपालीको गन्तव्य यूएई

९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिए,सबैभन्दा धेरै नेपालीको गन्तव्य यूएई

काठमाण्डौ – चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्रै ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म सङ्ख्या ५ लाख ३४ हजार ४ सय ७१ ले श्रम स्वीकृति लिएका थिए ।

सबैभन्दा धेरै नेपालीको गन्तव्य यूएई रहेको छ । ९ महिनामा यूएई जाने नेपालीको सङ्ख्या १ लाख ९६ हजार ९ सय २१ जना रहेको छ ।

दोस्रो स्थानमा साउदी अरब र तेस्रो स्थानमा कतार, त्यसपछि मलेसिया र कुवेत नेपालीको लोकप्रिय गन्तव्यमा परेका छन् ।

साइप्रस, बहराइन, जापान, कोरिया, रोमानिया, ओमानसहित देशमा धेरै नेपाली कामको खोजीमा पुगेका छन् ।

चैत महिनामा विदेशिएका ७३ हजार ४ सय ३ मध्ये २१ हजार ६ सय ९५ युवा अदक्ष छन् । अर्धदक्ष युवा ४२ हजार ४ सय ५४ र दक्ष कामदार सङ्ख्या ८ हजार ८ सय ९९ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij