‘बिद्युतिय सवारीलाई अवसरको रूपमा लिगौँ’

‘बिद्युतिय सवारीलाई अवसरको रूपमा लिगौँ’

बुटवल-पछिल्लो समय निकै चर्चाको विषय बनेको बिद्युतिय सवारी साधनलाई चुनौती भन्दा अवसरको रूपमा लिनुपर्ने सरोकारवालाले बताएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीको आयोजनामा बुटवलमा आयोजना भएको बिद्युतीय सवारी साधनका बारेमा कामदारहरुलाई क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष प्रेम बहादुर फौदारले अटो व्यवसायीहरू प्रयोगात्मक शिक्षामार्फत अगाडि बढेको बताउँदै बिद्युतीय सवारी साधनलाई अवसरको रूपमा लिएर काम गर्न आग्रह गरे । उनले यसो गर्न सकेमा अटो क्षेत्रका व्यवसाय थपिएका प्रविधिहरूमा प्रतिस्पर्धा गर्न अब्बल हुनेमा जोड दिए । बिद्युतिय सवारीको बारेमा भ्रमहरू रहेको बताउँदै यसका सकारात्मक पक्षहरूको बारेमा जानकारी दिन आवश्यक रहेको बताए। उनले बुटवलमा नै प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी रहेको बताउँदै आवश्यक छलफल र अध्ययन भइरहेको जानकारी दिए।
संस्थाका अध्यक्ष प्रेम गौचनले अहिले पछिल्लो तथ्याङ्क अनुसार गाडी बिक्रीको ७० प्रतिशत बिद्युतीय सवारीहरू बिक्री भइरहेकोले भविष्यमा यसले ग्यारेजमा ईभि गाडी नै आउने तर्क गरे । नयाँ प्रविधिको बारेमा प्राविधिक कामदारहरुलाई दक्ष बनाउनको लागि कामहरू भइरहेको बताउँदै आवश्यक कार्यहरूमा सक्रियताका साथ लागेको उल्लेख गरे ।
रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष हरि बहादुर खत्रीले अहिले बिद्धुतिय सवारीको माग र बजार राम्रो भएकोले यसतर्फ ध्यान दिएर काम गर्न प्राविधिकहरूलाई आग्रह गरे। उनले सिकेको सीप आफै सँग रहने भन्दै मैनाबगरको गरिमा बढाउन आग्रह गरे।
नेपाल अटो मेकानिस्क महासंघका पूर्व केन्द्रीय अध्यक्ष जनार्दन गैरेले इभि गाडी अहिलेको राम्रो संभावना रहेको बताउँदै यसतर्फ ध्यान दिन आग्रह गरे । उनले यस्ता तालिमहरुमा प्राविधिकहरूलाई अनिवार्य सहभागी गराउनको लागि आग्रह गरे।
कार्यक्रममा पूर्व अध्यक्ष भोज बहादुर बुढाथोकीले डिजेल पेट्रोलका गाडी सँगै बिद्दुतिय सवारीहरूको मर्मतमा ध्यान दिएमा व्यवसाय पलायन हुन नपर्नेमा जोड दिए। स्वास्थ्य सल्लाहकार इन्द्र बहादुर राईले बिद्दुतिय सवारी मर्मत गर्दा वा यात्रा गर्दा केही दुर्घटना भइहाले अस्पतालसम्म पु¥याउने जानकारी मूलक तालिम पनि आवश्यक पर्नेमा जोड दिए।
उद्योग उपाध्यक्ष एवं प्राविधिक तालिम विभाग प्रमुख ध्रुव राज भुसालको स्वागत तथा महासचिव पुनीत पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रुपन्देही उद्योग संघ र ईनसोर परियोजनाको सहयोगमा सुरु भएको तालिममा ३० जना मजदुर कामदारहरू सहभागी रहेका छन् । तालिममा केएनआईटिका प्रशिक्षकहरू मिलन न्यौपाने, सन्दीप लेखक र सचिन अधिकारी ले प्रशिक्षण गर्नेछन् । सोमबार देखी हुने तालिम जेठ ९ गतेसम्म ९६ घण्टा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : सोमबार, बैशाख १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij