JanataToday.com

Advertisment

SKIP THIS

विश्वकप खेल्ने लक्ष्यसहित मैदानमा उत्रिँदै नेपाल

विश्वकप खेल्ने लक्ष्यसहित मैदानमा उत्रिँदै नेपाल

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने लक्ष्यसहित आजदेखि थाइल्याण्डको बैंककबाट विश्वकप एसिया छनोट खेल्दैछ।

आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले आज हङकङसँग खेल्न लागेको हो। खेल बिहान सवा ८ बजे  थाइल्याण्डको एसियन टेक्नोलोजी मैदानमा सुरु हुनेछ।  ९ टोली सहभागी छनोटमा नेपाल रहेको समूहमा हङकङ र बहराइन छन्।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशक पुग्न लाग्दा पनि नेपाली महिला क्रिकेट टोलीको विश्वकप सपना पूरा हुन सकेको छैन।  पुरुषतर्फ उमेर समूह र सिनियर तथा महिलाकै १९ वर्ष मुनिको टोलीले विश्वकप खेलिसक्दा सिनियर टोलीमाथि पनि विश्वकप खेल्ने दबाब छ।

 

महिला टोलीको अहिलेसम्मको उच्च सफलता नै दक्षिण एसियाली खेलकुद सागको कास्य जित्नु मात्र रहेको छ।  सन् २०१६ देखि ट्वेन्टी टवेन्टी विश्वकप छनोटमा सहभागी हुँदै आएको नेपाल गत संस्करण एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो।

यस पटक समूहमा तुलनात्मक रूपमा कमजोर प्रतिस्पर्धी पाएको नेपाल सामु राम्रो अबसर आएको छ।  एसिया छनोटमा घरेलु टोलीसहित नेपाल, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई सहभागी छन्।  सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह सी मा बहराइन र हङकङ छन्।

आईसिसी महिला टी-ट्वेन्टी वरियतामा नेपाल २१ र हङकङ २२ औं स्थानमा रहँदा बहराइन ७३ औं स्थानमा छ।  यसर्थ यो समूहमा नेपाल र हङकङबीचनै तीव्र प्रतिस्पर्धाको सम्भावना छ।  ​

 

टी-ट्वेन्टीमा नेपाल र हङकङबीच अहिलेसम्म ९ खेल हुँदा नेपालले ५ जित निकाल्दा हङकङले ४ खेल जितेको छ।

यि दुईबीच पछिल्लो पटक २०१९ मा विश्वकप छनोटमै भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। बहराइनसँग नेपालले यसअघि २ खेल खेलेका छन्, दुवै खेल नेपालले जितेको छ। यि दुईबीच पछिल्लो पटक एसिसी वुमन्स च्याम्पियनसिपमा खेल भएको थियो। जहाँ नेपालले ८ विकेटको शानदार जित निकालेको थियो।

यस पटक ३ वटै हरेक समूहका टोलीले एक आपसमा दुई खेल खेले पछि ३ वटै समूहका शीर्ष टोली सुपर थ्रीमा पुग्नेछन्। सुपर थ्रीको शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ।

छनोट खेलका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली रहेको छ। टोलीमा उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij