गुडिरेहको बसमा आगलागी

गुडिरेहको बसमा आगलागी

काठमाडौं , चितवनको रत्ननगर नगरपालिका १६ कयरखोलानजिकै गुडिरेहको बसमा आगलागी भएको छ।

 

गएराति पौने ११ बजे पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६,००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा अचानक आगो लागेको हो। आगलागीबाट बसमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

बस चितवन शक्तिखोर बस्ने ५२ वर्षीय कुल बहादुर रायमाझीको रहेको र चालक पनि उनी आफै रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

 

बसमा चालक मात्रै रहेका थिए । आगो राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij