नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

भैरहवा , भारत–पाकिस्तानबीच तनाव बढेपछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । केही दिनदेखि दुई देशबीच तनाव बढेपछि भारतसँग सीमा जोडिएको रुपन्देहीको बेलहिया नाकासहित विभिन्न नाकामा निगरानी बढाइएको हो । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट आउने पर्यटकदेखि सम्पूर्ण नागरिकको चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारततर्फबाट नेपाल आउने सबै नागरिकको परिचयपत्र चेक गर्ने, आवातजावतको निगरानी गर्ने, अभिलेख राख्नेदेखि सुक्ष्म रुपमा अध्ययन गर्नेसम्मको काम अगाडि बढाइएको बताए । उनले पहिलेको तुलनामा सुरक्षा निगरानी बढाउनुका साथै बेलहिया लगायतका स्थानमा सुरक्षा तैनाथी बढाइएको र चेकजाँचमा पनि कडाइ गरिएको जानकारी दिए । प्रजिअ घिमिरेले नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त र छुट्टाछुट्टै रुपमा सीमा क्षेत्रमा प्रभावकारी ढंगले निगरानी बढाएको जानकारी दिए । सशस्त्र प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर सीमा क्षेत्रमा निगरानी गरेको छ ।

 

बेलहिया नाकामा विगतको तुलनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका स्थानीयबासी अर्जुन कुमार गिरीले बताए । परिचयपत्र देखाएर सीमामा आवातजावत गर्न सकिने उनले बताए । ‘भारततर्फ जान रोक छैन, परिचयपत्र देखाएर हामी भारत जान सक्छौं र नेपालमा पनि परिचयपत्र देखाएर प्रवेश गर्न सक्छौं, ’उनले भने । नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो हुनुपर्ने आफूहरुको सोच रहेको नेपाल–भारत मैत्री संघका सल्लाहकार समेत रहेका गिरीले बताए । उनले कुनै शंकास्पद व्यक्ति देखिए प्रहरीलाई जानकारी दिने बताए ।

 

रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ बेथरीका बासिन्दा विनय कुमार मिश्राले सीमा नाकामा सुरक्षा व्यवस्था राम्रो रहेको पाइएको बताए । नेपाल–भारतबीच खुल्ला सीमा रहेको र सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा सतर्कता बढाएको र राम्रो सुरक्षा व्यवस्थाको प्रबन्ध गरेको मिश्राको भनाइ छ । भारततर्फ पनि भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । रुपन्देहीको भारतसँग करिब ७० किलोमिटर सीमा क्षेत्र जोडिएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij