बुटवल-नारायणगढको दाउन्नेमा हिलोले सडक चिप्लिएपछि अवरुद्ध

बुटवल-नारायणगढको दाउन्नेमा हिलोले सडक चिप्लिएपछि अवरुद्ध

बुटवल । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा शुक्रबार दिउँसो हावाहुरीसहित आएको वर्षाले सडक अवरुद्ध भएको छ । हिलोका कारण गाडी चिप्लिएपछि यातायात सञ्चालनमा समस्या भएको हो ।

इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्पेक्टर राजन तिमिल्सेनाले पानीले गर्दा गाडी चल्न नसकेको बताए । उनले भने, ‘पानीले हिलाम्य बनाएपछि पूर्वबार्ट पश्चिमतर्फ जाँदै गरेका गाडी विश्वकर्मा मन्दिर नजिकै उकालो चढ्न सकेका छैनन् ।’ सामान्य पानी पर्नासाथ सडकमा गाडी सञ्चालनमा समस्या आउँदा यात्रुले यो खण्डमा निकै लामो समयदेखि सास्ती खेप्दै आएका छन् । कहिले डाइभर्सन बगाउने, कहिले ओभरलोडले पुल भाँचिने त कहिले सडक हिलाम्य हुँदा यो सडकखण्डमा हेरक दिनजसो समस्या आइरहेको छ ।

२०७५ देखि निर्माणाधीन बुटवल-नारायणगढ ११४ किलोमिटर सडकमा अहिलेसम्म जम्मा ६२ प्रतिशत मात्र काम भएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij