ओभरलोड भारमिलान गर्न दिएको निर्देशनको लुम्बिनी ट्रक संघद्वारा स्वागत

ओभरलोड भारमिलान गर्न दिएको निर्देशनको लुम्बिनी ट्रक संघद्वारा स्वागत

भैरहवा, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीले ओभरलोड बोक्ने गाडीको भार मिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरुमा उत्पादित वस्तुहरु उद्योग परिसरमै ओभरलोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमु्ु्ु्ु्ु्ु्ु्ु्ुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दिएको निर्देशनको संघले स्वागत गरेको हो ।

विगतमा भारतीय ट्रकहरुले ओभरलोड बोकेर नेपाल प्रवेश गर्दा सडक तथा पुलहरु भत्किने गरेका उदाहरणहरु ज्वलन्त रहेको भन्दै प्रमुख जिल्ला अधिकारीको निर्देशनलाई अक्षरश पालना गर्ने संघका अध्यक्ष रुमाखर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा नेपाली ट्रक व्यवसायीहरुले काम नपाएर पलायन हुनुपर्ने अवस्थामा प्रमुख जिल्ला अधिकारीकोे निर्णयलाई लुम्बिनी ट्रक यातायात व्यवसायी संघले पूर्ण रुपमा पालना गर्दै ओभरलोड रोक्नको लागि सहयोग गर्ने प्रतिवद्धता जनाउँदछौं भन्ने उल्लेख छ ।

ओभरलोड बोकेर आउने भारतीय गाडी नेपालमा १ हजारको जरिवाना काटेर ७२ घण्टा गुड्न पाउँछन् । जसका कारण नेपालमा अर्बौ खर्च गरेर बनेको सडक भत्किने गरेको छ । गत वैशाख २९ गते बेलुका ओभरलोड बोकेर हिँडेको ट्रक नवलपरासीको चोरमारा गिरुवारीमा रहेको पुल भत्कियो । म.प्र. ०३००१ ख ६३ नं. को १८ चक्के सिमेन्टको कच्चा पदार्थ बोकेको ट्रकले उक्त पुल भत्काएको हो । सर्वोत्तम सिमेन्टबाट ओभरलोडसहितको कच्चा पदार्थ बोकेर हिँडेको उक्त ट्रकले पुल भत्काउँदा डाइभर्सनबाट पूर्व पश्चिम राजमार्ग सुचारु छ ।

गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ दुुम्कीबासमा रहेको विनयी पुल ६४ चक्के भारतीय एन एल वान, ए एच ५१७९ टेलर गाडीले भाँच्न पुुग्यो । पुस २१ गते कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयबाट शिवम् सिमेन्टको ६० टनको जेनेरेटर बोकेर जाँदा पुल भाँचेको थियो । उक्त पुल यतिबेलापनि ड्राइभर्सनबाट सञ्चालन भएको छ ।

 

भारतीय ओभरलोड बोकेका गाडीका कारण नेपालको सडक ध्वस्त बनाएकोले ओभलोड नियन्त्रण गर्नुपर्ने ट्रक यातायात व्यवसायीहरुले आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij