रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी

रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी

file

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकिएको छ।

 

 

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा केहीबेर अघि सुनुवाइ सकिएकाले आदेश लेखन भइरहेको अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार आजै आदेश हुनेगरी तयारी भइरहेको छ।

लामिछानेसँगै सहकारी ठगी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीको रिटमा पनि सोही इजलासमा सुनुवाइ भएको थियो।

आज जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र ‘आरसी’ गौतमले बहस गरेका थिए।

जाहेरवालाका कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीका तर्फबाट जवाफी बहस गरेका थिए।

उक्त रिटमाथि हिजो बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा लामिछाने र जोशी रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

 

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij