काठमाडौँ – गृह मन्त्रालयले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग गृहमन्त्री रमेश लेखक जोडिएका समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न भएको भन्ने समाचार आएसँगै गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
गृह मन्त्रालयले यसलाई कपोलकल्पित, भ्रामक र आधारहीन भन्दै विज्ञप्ति जारी गरेको छ। गृहमन्त्री गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्न नरहेको र नरहने दावी गरिएको छ। विज्ञप्तिमा विवादमा उठेका विषय वस्तुको खण्डन गर्नुको साटो यस्ता समाचार नदिन भनिएको छ।
शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न क्रियाशील रहेको गृहमन्त्रालय अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको चर्चा गरिएको छ।
त्रिभुवन अन्ताष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी दिइएको छ। त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत सहसचिव तीर्थ भट्टराईलाई अख्तियारले पक्राउ गरेको थियो।
प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्