गएको वैशाख महिनामा आगलागीमा परी ११ जनाको ज्यान गयो: सबैभन्दा धेरै लुम्बिनीमा

गएको वैशाख महिनामा आगलागीमा परी ११ जनाको ज्यान गयो: सबैभन्दा धेरै लुम्बिनीमा

काठमाण्डौ , गएको वैशाख महिनामा आगलागीमा परी ११ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कानुसार वैशाखमा देशभर ६ सय ३ वटा आगलागीका घटना हुँदा ११ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ३ पुरुष, ५ महिला २ बालिका र १ बालक रहेका छन् । आगलागीमा परी वैशाखमा २७ पुरुष, ३२ महिला, ४ बालक र ४ बालिका गरी ६७ जना घाइते भएका छन् । आगलागीमा परी १ सय ८९ चौपाया मरेका प्रहरीले जनाएको छ ।

वैशाख महिनामा प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनीमा १ सय ४३ वटा आगलागीका घटना भएका छन् । यस्तै कोशीमा १ सय ३६, मधेशमा १ सय ४, बागमतीमा ६४, गण्डकीमा ५३, कर्णालीमा ४३ र सुदूरपश्चिममा ५९ वटा आगलागीका घटना भएका प्रहरीको तथ्याङ्क छ । यसैगरी काठमाण्डौ उपत्यकामा ३२ वटा आगलागीका घटना भएका छन् ।

वैशाखमा आगलागीबाट १ सय ५१ घर, १ सय १ गोठ र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । आगलागीबाट एक महिनामा १ सय १० जना विस्थापित भएका छन् । आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।

नेपालमा मनसुन भित्रिने बेला अर्थात् जेठ अन्तिमसम्म नै यस्ता घटना हुँदै आएका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij