बुटवल -बुटवललाइ हरियाली,सफा र सुन्दर नगर बनाउँदै पर्यटकीय बिश्रामस्थलको रुपमा विकास गर्न उपमहानगरले बिगत तीन बर्षदेखि हरियाली प्रबद्र्धन कार्यक्रम संचालन गर्दै आएको छ ।
बिगत दुइ बर्षदेखि नगरमा संचालन भइरहेको हरियाली प्रबद्र्धन कार्यक्रम अन्तर्गत मुख्य तथा सहायक सडकको सरसफाइ गरी मुख्य सडकको डिभाइडर तथा नगरभित्रका खाली स्थानहरुमा बिरुवा रोप्ने,ती बिरुवाहरुको संरक्षण गर्ने कार्य भइरहेको छ । पहिलो चरणमा बुटवल नगरभित्र पर्ने सिद्धार्थ राजमार्गको बुटवल गोलपार्क देखी योगिकुटी सम्मको मुख्य सडक खण्ड र आसपासका क्षेत्रमा बुटवल उपमहानगरपालिकाले हरियाली पर्बद्धनका लागि जोड दिदै आएको छ ।
नगरको क्षेत्राधिकार भित्र पर्ने स्थानमा १९ बटै वडासंगको सहकार्यमा हरियाली प्रबद्र्धन कार्यक्रम संचालन गरीएको नगरपालिकाले जनाएको छ । हरियाली प्रबद्र्धन कार्यक्रम संचालन भएको योगीकुटी–चौराह सडकको दायाँबायाँ तथा डिभाइडरमा रोपीएका मझौला प्रकृतिका रुख तथा फुलका बिरुवाहरु अहिले हुर्कीएका छन् ।

सडकको दायाँ बायाँ रहेका ती मझौला रुखहरुको हरियाली,कतैकतै ढकमक फुलेका फूल र सडकको बीचमा रहेको डिभाइडरमा भर्खरै हुर्कदैँ गरेका र फूल्ने तयारीमा रहेका फूलका बिरुवाले सडकको सौन्दर्यता बढाएको छ ।
बुटवल उपमहानगरपालिकाले संचालन गरेको हरियाली प्रबद्र्धन कार्यक्रमले मुख्य सडक संगै आफनो टोल,नगरको सौर्दय पनि बढाएको बुटवल कालिकानगरी चमेली श्रेष्ठले बताइन । दुइ बर्ष अघि मेयर,उपमेयर र कर्मचारीको टोली सडकमा निस्कीएर फूलका बिरुवा रोप्दै हिँडेको स्मरण गर्दै उनले त्यसरी रोपीएका बिरुवाको संरक्षणामा अहिले स्थानीय टोलसंस्था मार्फत नगरबासी पनि सक्रिय भएको उनले बताइन् ।
हरियाली नगर बनाउने उद्येस्यले संचालित अभियान अन्तर्गत पहिलो चरणमा नगरभित्र पर्ने मुख्य सडकको बिचको डिभाइडरमा सवारी आवागमनलाइ बाधा नपुग्ने गरी फूल तथा फूल प्रजातीमा पर्ने साना जातका बिरुवाहरु रोपीएको छ । जसले नगरको सौदर्यता बढाउने छ । सर्भिस लेनतर्फको ग्रिनरीमा बेगनबेली , कपूर , पिकअक फ्लावर, धूपी, म्यांगो लिफ, स्वामी जस्ता बाह्रै महिना हरियाली रहने बोटबिरुवा लगाइएको छ ।
सडक किनारमा लगाइएका ती बोटबिरुवाले हरियाली प्रबद्र्धन गनुका साथै तराइको चर्को गर्मीमा शितलता समेत प्रदान गरेको श्रेष्ठले बताइन । बुटवललाइ हरियाली,सफा, सुन्दर र उज्यालो शहरको रुपमा स्थापित गर्दै पर्यटकीय बिश्राम स्थलको रुपमा विकास गर्न योजनाबद्ध ढंगले काम भइरहेको उपमहानगरपालिकाका प्रम’ख खेलराज पाण्डेयले बताउन’ भयो । हरियाली प्रबद्र्धन गर्ने उद्येस्यले रोपीएका बोटबिरुवाको संरक्षण तथा व्यवस्थापनका लागि वडा, स्थानिय टोल विकास संस्था तथा विभिन्न सामाजिक संघ संस्थाहरुले पनि हातेमालो गर्दै आएको नगर प्रमुख
पाण्डेयले बताउनु भयो । उहाँका अनुसार विरुवाको संरक्षण तथा नयाँ वृक्षारोपणका लागि टण्डन समाज, सिद्धार्थ कटेज, रोटरी क्लब,लगायतका बिभिन्न संघसंस्थाहरुले सहजीकरण गरिरहेका छन ।
बुटवल उपमहानगपालिकाका प्रबक्ता एवं वडा नं १५ का वडा अध्यक्ष शिव रानाले हरेक वडाले वडामा प्राप्त बजेटको ५ प्रतिशत बजेट हरियाली प्रर्वद्धनका लागि छुट्याउने पर्ने नियम रहेको जानकारी दिनुभयो । उहाँले सोही अनुसार हरेक वडाले आफ्नो वडा भित्रका सडक तथा निजी सार्वजनिक स्थान, विद्यालय तथा नदि उकास क्षेत्रमा पनि हावापानि अनुसारका फुलका बिरुवा लगाउदै आएको र बुटवल उपमहानगरलाई हरियाली नगरका रुपमा स्थापित गर्ने बताउनुभयो । हरियाली प्रबद्र्धन कार्यक्रम अन्तर्गत नगरभित्र अहिले सम्म करिब २२ सय बिरुवा रोपेर तिनको संरक्षण कार्य भइरहेको उहाँले बताउनु भयो ।

त्यसो त हरियाली पर्वद्धनका नाममा नगरपालिकाले बजेट खर्च गरे अनुरुपको उपलब्धी नदेखिएको गुनासो पनि स्थानीयले गर्ने गरेको सुनिन्छ । नगरले वडालाई स्वामित्व दिएर आफु जिम्मेवारी बाट पन्छिन खोजेको, बिरुवा महंगोमा खरिद गर्ने गरेको आरोप स्थानीयको छ । तर नगरका प्रवक्ता राना भने हरियाली प्रबद्र्धनमा खर्च गरीएको बजेट वडा र स्थानीयकै सहभागीतामा पारदर्शी ढंगले संचालन गरीएको र स्थानीय र वडाकै सक्रियाता र माग अनुरुप संरक्षणको जिम्मेबारी हस्तान्तरण गरीएको बताउँछन । वडा र बिभिन्न संघसंस्थाहरुले स्वामित्व ग्रहण गरी संरक्षणमा ध्यान दिएको भएपनि नगरपालिकाले बेला बेलामा अनुगमन निरिक्षणका कामहरु गरीएको उनले बताए । नगरको चारैतिर खुल्ला सिमाना भएकाले रातको समयमा छिमेकी पालिकाबाट आउने छाडा चौपायाका कारण हरियाली संरक्षणमा समस्या भइरहेको भन्दै उनले त्यसकालागि छाडा चौपाया व्यवस्थानपनमा पनि निरन्तर अभियान चलीरहेको उनले जानकारी दिए ।
हरियाली प्रबद्र्धन अभियानलाइ नगरबासीहरुले पनि उत्तिकै रुचाएको र साथ सहयोग गरीरहेको बताउँछन् नगरको वातावरण तथा विपद व्यवस्थापन शाखा का इन्जिनियर योगेश चापागाँइ । वडा नंं ८ को सुख्खानगर क्षेत्रमा वृक्षारोपणका लागि केही दिनअघि प्रस्ताब आएको छ,
अन्य वडाबासीले पनि यो अभियानलाइ बिस्तार गरौं भन्नुभएको छ’ इन्जिनियर चापागाँइले भने । नगरभित्रको गोलपार्क देखि राजमार्ग चौराह सम्मको मुख्य सडक भने अहिले स्तरोन्नती भइरहेकाले निर्माण कार्य सकिएपछि वृक्षारोपण गरिने नगरप्रमुख पाण्डेयले बताउनु भयो । यसअघि रोपीएका बिरुवामा पानी राख्ने उपमहानगरले गर्दै आएको र गोडमेलको काम भने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत भइरहेको मेयर पाण्डेले जानकारी दिनुभयो ।
यो अभियान संगै उपमहानगरले तिनाउ जलाधार क्षेत्रको संरक्षणका लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । जसका कारण बुटवलमा आउने तिनाउ नदीको पानीको स्वच्छता का लागि सौचालय बनाउने, डष्टबिन बितरण तथा दालचिनी लगाएतका बिरुवा लगाउने काम भएको छ ।
त्यसका अलावा बुटवलको पहिरो जोखीम क्षेत्र दिपनगर आसपासमा २ हजार बढी बाँस,अम्रीसो, भेटिबर लगायतका विरुवा लगाइसकेको नगर प्रमुख पाण्डेले बताउनु भयो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्