बुटवल ,
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने दाबी गर्नु भएको छ । अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले व्यक्तिवादी हुन छाडेर बलियो हुने कोसिस गरौँ ।
खासगरी आगामी चुनावमा कम्युनिष्ट कम्युनिष्ट नमिलून्, त्यो सुनिश्चित गरेर एक्लाएक्लै चुनाव लडौँ, हामीले अहिले लक्ष्य राखेको पनि त्यही हो । अहिले सात बुँदे सहमति पनि एमालेसँग त्यहीअनुसार भएको छ, एमाले प्रतिस्पर्धी पार्टी हो । उनीहरुको भन्दा बलियो सञ्जाल बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।’
प्रतिनिधि सभा सदस्य समेत रहेका महतले एमाले नेतृत्वको सरकार बनाएर कांग्रेसले सबै कुरा नसुम्पिएको दाबी गर्नुभयो । उहाले थप्नुभयोे, ‘केही कुरामा मलाई पनि चित्त दुखेको छ, तर गठबन्धनको बाध्यता छ । सबै हामीले भनेकोमात्रै हुँदैन, तर गभर्नरको विषयमा त सभापतिले भन्नुभयो नि ! यो कुरा मिलेन भने मिल्दैन भनेपछि बल्ल धेरै महिनापछि नियुक्ति भयो, सभापतिले यो कुरा मिलेन भने भन्दैन भन्नुभएकै हो । त्यसपछि खतराको घण्टी बज्यो भनेर निष्कर्षमा पुगेको हो । हामी सबै कुरा छाडेर एमाले जे जे भन्छ त्यसैको पछाडि लागिरहेका छैनौं ।
त्यस्तै नेपाली काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कांग्रेस विवादित मनस्थिले हैन एक भएर अगाडि बढे अधिकांस क्षेत्रमा जित सुनिश्चित गर्ने बताउनुभयो । कार्यक्रममा पूर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल, आमन्त्रित पूर्व केन्द्रीय सदस्य महेन्द्र भुसाल, बालकृष्ण पाण्डे, नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, सहमहामन्त्री बिष्णु खनाल,सदस्य बिष्णु पोखरेल,नेका जिल्ला सभापति केशव श्रेष्ठले लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्