प्रेस सेन्टर नेपाल रुपन्देहीद्धारा आयोजित समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न 

प्रेस सेन्टर नेपाल रुपन्देहीद्धारा आयोजित समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न 

बुटवल , प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपममहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ । मंगलबार भएको समापन समरोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरुले जनताको पक्षमा लेख्ने आँट नगर्ने हो भने समाज अन्धकार हुने बताए । संसारभर नै पश्चगामी शक्तिको उदय हुने परिस्थिति निर्माण हुँदै गइरहेको उल्लेख गर्दै नेता बरालले समाजलाई अगाडी वढाउन पत्रकारहरु सचेत हुनु पर्ने बताए । शाषकहरु दलाल विचौलियाको प्रभावमा परेर श्रमजिबि बर्गको रोजिरोटी खोस्न उद्धत रहेको बताउँदै श्रमजिबि बर्गको पक्षमा कलम चलाउन आग्रह गरे ।

बुटवल उपमहानगर उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिकाले उपमाहानगरले पूर्वाग्रह रहित ढंगले काम गरेको बताइन । विगतमा जस्तो समाचार लेखेकै भरमा जेल बस्नु पर्ने अवस्था नरहेको बताउँदै उनले नगरपालिकाले सकारात्मक कामको प्रचार प्रसार र कमजोरीको खबरदारी गर्न आग्रह गरिन । उपप्रमुख अर्यालले राजाबादी समुहले विभिन्न क्रियाकलाप गर्न थालेका कारण सबै पक्ष एकजुट हुनु पर्नेमा जोड दिइन ।

 

प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव यानेन्द्र जिसिले सिकाइका लागि कहिल्यै पछि हट्न नहुने बताए । पत्रकारिता गर्न प्रत्येक दिन अपडेट हुनु पर्ने उल्लेख गर्दै उनले विभिन्न समयमा हुने तालिमले पत्रकारितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रमेश पोख्रेल, प्रशिक्षार्थीहरु निर्मला सुनार र विवेक शर्माले बोल्दै तालिम प्रभावकारी भएको बताए । उनिहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।

सोही अवशरमा प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्वाचित हुने सरु राना, रमेश पोख्रेल र सञ्जय सौगात र संगठनको प्रदेश सदस्यमा निर्वाचित रमेश गैरे, सञ्चारिका समुह लुम्बिनी प्रदेश महासचिवमा निर्वाचित मायाँ केसी, आदिवासी जनजाति पत्रकार महसंघ लुम्बिनी प्रदेश महासचिवमा निर्वाचित सोनु थापालाई सम्मान गरिएको प्रेस सेन्टरले जानकारी दिएको छ ।

 

 

 

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij