शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तिलोत्तमा नगरपालिका–२, योगिकुटीस्थित आफ्नै कार्यालयको हलमा एकदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

५३औं विश्व वातावरण दिवस र २६औं राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले गमलामा पानी हालेर गर्नुभयो। उद्घाटन मन्तव्यका क्रममा उहाँले वातावरण संरक्षण र सरसफाईलाई स्थानीय सरकारको प्राथमिकताको रूपमा अघि बढाइएको बताउनुभयो।

कार्यक्रम संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष भण्डारीले संस्थाका पार्षदहरूलाई सरसफाई तथा वातावरणीय सचेतनाका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख राजकुमार चौधरी,खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव कुमार धिताल, कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न.२ का वार्डअध्यक्ष डिल बहादुर भट्टराई वडा न १का वार्ड सदस्य हिरा देबि बिक तथा सस्थाका सल्लाहकार मोहन चापागाईं, जोवान सिंह ठकुरी,पुर्ण बहादुर खत्रीको उपस्थिति रहेको थियो। – कार्यक्रममा विभिन्न विज्ञद्वारा प्रशिक्षण प्रदान गरिएको थियो।कार्यक्रममा खानेपानी प्राविधिक अधिकृत इश्वरीप्रसाद आचार्यले खानेपानी तथा सरसफाईको परिभाषा र महत्वबारे प्रकाश पार्नुभयो।

त्यस्तै वातावरण तथा विपद् व्यवस्थापन तिनपाका शाखाका अधिकृत गोरखनाथ खनालले खानेपानी सुरक्षा योजना र पूर्ण सरसफाई अभियानबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा ईन्जिनियर दिपक पाण्डेले खानेपानीको प्राविधिक पक्ष, प्रशासनिक संरचना, पार्षदहरूको कर्तव्य र संस्थाको भूमिका सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रकान्त खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव कमला ज्ञवालीले सञ्चालन गर्नुभएको थियो।
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्