नयाँ दिल्ली । अहदाबादमा दुर्घटनाग्रस्त भएको एयर इण्डियाको विमानभित्र रहेका यात्रु र चालक दलका सदस्य जीवितै रहने सम्भावना कम रहेको उद्धारकर्मी र सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छ
लण्डन उड्ने क्रममा टेक अफ लिएको केहीबेरमै आकासमै आगो लागेको विमान जमिनमा पुग्दा एकै डल्लो भइसकेको प्रत्यक्षदर्शीले बताएका छन् । विमान केही पर पुगेर आकाशमै आगो लागेको देखिन्छ । विमानमा सवार यात्रुको उद्दार गरेर अस्पताल लगिरहेको दृष्य देखाइए पनि हताहतीबारे अहिलेसम्म त्यहाँका अधिकारीले केही बताएका छैनन् । अधिकांशको जीवित उद्दार गर्न नसकिएको बताइएको छ ।
यसैबीच एयर इण्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्वीटर एकाउन्टमार्फत एयर इण्डियाको उडान नम्बर १७१ को विमान दुर्घटनाग्रस्त भएको र यो भयावह दुर्घटनाबाट प्रभावित सबै परिवार र प्रियजनलाई कम्पनीको तर्फबाट गहिरो समवेदना रहेको बताएका छन् । उनले पहिलो प्राथमिकता विमानमा सवार यात्रुका पविरालाई सहायता उपलब्ध गराउनु रहेको बताएका छन् ।
अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ । यसअघि सन् १९८८ पनि यहि विमानस्थलमा विमान दुर्घटना हुँदा १३३ जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्