काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ।
सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बहिष्कार गरेको बताएका हुन्। उनले संसद्मा विरोध जारी राखिरहेको बेला जबरजस्ती संसद अगाडि बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले उचित नहुने बताए।
उनले जबसम्म संसदलाई जबरजस्ती अगाडि बढाउने काम भइराख्छ तबसम्म उक्त कर्मकाण्डमा राप्रपा सहभागी नहुने जिकिर गरे। अध्यक्ष लिङदेनले बैठक बहिष्कार गर्दै बैठक भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गरे।
उनले संसद्मा एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुनुपर्ने बताए। साथै, उहाँले जसले कुनै पनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनायो, उसैले यसको उल्लङ्घन गरिरहेको जिकिर गरे।
प्रकाशित मिति : सोमबार, असार २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्