बुटवल १७ रानीगञ्जमा व्यक्तिको जग्गा टोल समितिको नाममा हडप्न खोजियो

बुटवल १७ रानीगञ्जमा व्यक्तिको जग्गा टोल समितिको नाममा हडप्न खोजियो

 

बुटवल । बुटवल १७ रानीगञ्जमा व्यक्तिको जग्गालाई केही व्यक्तिहरुले टोल समितको नाममा कब्जा गर्न खोजेको पिडितहरुले गुनासो गरेका छन् ।

आईतबार रानीगञ्ज स्थित जग्गा परिसरमा समाजका अगुवाहरुलाई राखेर जनमाया पुलामी र भूमिका सोमैले मेहनतले २०७४ सालमा अव्यवस्थित बस्तीको जग्गा खरिद गरेको बताउँदै आफुहरु अन्यायमा परेको गुनासो गरेका हुन् । बस्ती नबस्दै २०६४ सालमा स्थानीय हरीलाल न्यौपानले २०६२ सालमा राजेश श्रेष्ठबाट एक लाख ६० हजार रुपैयाँमा जग्गा खरिद गरेको, त्यही जग्गा २०६४ सालमा तुलबहादुर सारुले खरिद गरी २०७४ मा जनमाया र भूमिकाले एक कठ्ठा जग्गा खरिद गरेको बताएका छन्

पत्रकार सम्मेलनमा पिडितका तर्फबाट आफन्ती सूर्यबहादुर गाहा मगरले आफूहरुमाथि ठूलो अन्याय भएको बताए । उनले बुटवलमा बसोबास गर्ने उदेश्यले सुकुम्बासीमा आएर जग्गा किनेको बताउँदै भदीनीहरुले आफ्नै जग्गामा बस्न नपाउने अवस्था भएको बताए ।

जग्गा किनेको जग्गामा टोल समितिका नाममा प्रेमसागर तिवारीको नेतृत्वमा बुद्धको मूर्ती गाडेर व्यक्तिको जग्गा अतिक्रमण गरिएको उनको आरोप छ । त्यसयता निरन्तर वडा, उपमहानगर हुँदै प्रहरी प्रशासम्म धाइरहेको भएपनि आफूमाथि अन्याय गर्नेक्रम बढ्दै गएको उनले बताए । जनशक्ति टोल समितिले सार्वजनिक जग्गा हडप्न खोजेको भन्दै विरोध जनाउँदै आएको छ ।

तर, त्यस क्षेत्रमा रहेका अन्य टोल समितिले भने जनमाया र भूमिकाले जग्गा खरिद गरेकाले उनीहरुले पाउनुपर्ने बताउँदै आएका छन् । शुरुमा जग्गा विक्रि गरेका हरिलाल न्यौपानेले आफूले राजेश श्रेष्ठबाट जग्गा किनेर तुलबहादुर सारुलाई विक्रि गरेको बताउँदै यो सार्वजनिक जग्गा नभएको बताए ।

यस्तै दोस्रो जग्गा धनी तुलबहादुर सारुले आफूले हरिलालबाट जग्गा किनेर दुईजनालाई विक्रि गरेको बताउँदै अव्यवस्थित बसोबासको जग्गामा अनावश्यक रुपमा विवाद गरिएको बताए । नमूना टोल विकास संस्थाका अध्यक्ष समेत रहेका चिनबहादुर थापाले जग्गा किनेकाहरु पिडित भएको बताउँदै यसको छानविनका लागि सबैपक्षलाई आग्रह गरे ।

उनले पटक पटक छलफल हुँदा जग्गा खरिद गरेकाहरुको प्रमाण बलियो रहेको दावी गरे । जनमाया र भूमिकाले २०७७ सालमा अव्यवस्ति बसोबासीका रुपमा लालपूर्जाका लागि निवेदन दर्ता गराएको प्रमाण समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : आइतबार, असार ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij