किसान माटो परीक्षणबारे अझै अनजान

किसान माटो परीक्षणबारे अझै अनजान

 

बुटवल -असारको सुरुवातसँगै खेतमा गजबको चहलपहल देखिन्छ। पानीको छ्यापछ्याप्त, टयाक्टरले जोतेको आवाज, र किसानको हाँसो–ठट्टाबीच धान रोपाइको चटारो छ। वर्षभरिको खाद्यान्न आशाले किसान खेतमा पसिना बगाइरहेका छन्। तर यिनै किसानले रोप्दै गरेको जमिन कति उपज दिन सक्छ र माटोको अवस्था कस्तो छ भन्ने कुरामा भने धेरै अनविज्ञ छन्।
बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगंजका झलक बहादुर ठकुरी को १७ कट्ठा जग्गा छ । उक्त जग्गामा उहाँले अहिले धान रोप्नको लागी तयारी गरिहनुभएको छ ।

पुस्तौंदेखि खेतीपातीमा लागिरहनुभएका ठकुरीको परिवारले माटो परीक्षण गराएकै छैन । ‘यतातिर ध्यान नै गएको छैन’– उहाँ भन्नुहुन्छ– ‘अहिलेसम्म माटोको परीक्षण गराइएको छैन ।’ त्यस्तै बुटवल १७ कै बिकास गुरुगंले पनी १५ कट्ठा जग्गामा धान रोप्नुभएको छ । उहाँले पनि माटो परीक्षण गराउनुभएको छैन । उहाँ भन्नुहुन्छ– ‘१५ वर्षदेखि हो खेतीपातीमा लागेको माटो जचाउने काम भएको छैन ।’

कृषि पेशा नै अङालेका सैनामैनाका पल्टु थारुले अहिलेसम्म माटो परिक्षण गराउनुभएको छैन्। १ विगाह जग्गामा परम्परागत खेती गर्दै आएका थारुले माटो परिक्षण गर्नुपर्छ भन्ने जानकार नै छैनन् । कहाँ जाने, परिक्षण गर्दा पैसा लाग्ने, झन्झट किन गर्ने
घरायसी प्रायोजनका लागि मात्रै बर्सेनि धान खेती र चैते खेति गर्दै आएका कृषक थारुले भन्नुभयो । आफुले कृषि गर्दै आएको जमिनको माटोमा कस्तो उत्पादन दिने खालको माटो हो भनेर यकिन भने छैन ।
“हामी त मल हाल्छौँ, पानी हाल्छौँ, बीउ पनि राम्रो प्रयोग गर्छौँ, तर उपज चाहिँ हरेक वर्ष घट्दै गएको छ,” बुटवल उपमहानगरपालिका–१७ का किसान चिन्का चौधरी भन्नुहुन्छ, “माटो परीक्षण भनेर के हुन्छ, कसरी गरिन्छ भन्ने नै थाहा छैन हामीलाई।”

किसानले मल किन्न कृषि पसल जाने गर्छन्। त्यहाँका व्यवसायी वा अरू किसानको सल्लाह अनुसार मल हाल्छन्। “डिएपी, युरिया र पोटास तीन थरिका मल हाल्नुपर्छ भन्छन्,” बुटवल–११ की किसान शिला खाती गुनाशो गर्नुहुन्छ “तर कुन माटोमा कति चाहिन्छ भन्ने कसैले भन्दैनन्।”

उहाँहरु जस्ता कैयौँ किसान रुपन्देही जिल्लामा पनी यस्ता छन्, जसले अहिलेसम्म आफ्नो खेतको माटोको परीक्षण गराएका छैनन्। खेतीको मुटु मानिने माटोको स्वास्थ्य कस्तो छ भन्ने थाहा नपाईकन उनीहरू खेती गरिरहेका छन् ।
किसानका लागि माटो परीक्षण अत्यन्तै जरुरी विषय हो । कुन माटोमा कुन खेती लगाएर प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा किसानहरूले जान्न नपाएका कारण लगानी अनुसारको उत्पादन हुन सकेको छैन तर यो विषयमा किसान सचेत अझै हुन सकेका छैनन् ।

स्थानीय सरकारमै कृषिको इकाई पुगे पनि अझै पूर्ण रूपमा किसानहरूलाई त्यसो सचेतना पुग्नै सकेको छैन । अहिले लुम्बिनी प्रदेशको कृषि निर्देशनालयले विभिन्न स्थानमा निःशुल्क माटो शिविर सञ्चालन पनि गरेको हुन्छ तर किसानको सहभागिता अत्यन्तै कम रहेको त्यहाँ रहेका प्राविधिकहरू बताउँछन्

यताबुटवल उपमहानगरपालिका –१९ का अगुवा कृषक मुक्ति गैरेले दुई वर्षअघि कृषि प्राविधिकको सल्लाहमा माटो परीक्षण गराए। “त्यसपछि मैले नाइट्रोजन धेरै भएको थाहा पाएँ,” उनी भन्छन्, “त्यस अनुसार मल घटाइँ, अनि उत्पादन बढ्यो पनि।”यस्तै बुटवल १९ का कृषक रामनाथ उपाध्याय ले पनी १५ वर्ष देखी व्यवसायीक रुपमा विभिन्न प्रकारका खेती गर्दै आएका छन तर उनले माटो परिक्षण गरेको भने २ वर्ष मात्रै भएको छ ।

तर गैरे र उपाध्याय जस्तै सचेत कृषकको संख्या गनिँएका छन्। बाँकी किसान अझै “परम्परागत अनुमान” र “अनुभव”कै भरमा मल हालिरहेका छन्।

प्रदेश तथा स्थानीय तहको कृषि नीति र बजेटमा माटो परीक्षणलाई प्राथमिकता दिइएको पाइन्छ। तर कार्यन्वयन र प्रभावकारिता कमजोर छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसि भन्नुहुन्छ, अझै पनि माटो परीक्षण
का लागि किसानको सहभागिता न्यून छ ।जानकारीको अभाव, पूर्वतयारीको कमी, र सेवा प्रवाहको असमानता एसको मुल कारण हो।

हाल नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो रहेको छ । कृषकहरु मानिसलाई जस्तै माटो परीक्षण गरेर सोही अनुसार उपचार गर्नुपर्छ भन्ने ज्ञान समेत छैन । कृषि ज्ञान केन्द्र रुपन्देहीका का प्रमुख शिव प्रसाद अर्यालले रुपन्देहीमा माटो परिक्षण विनै अन्धाधुन्ध खेती भइरहेको बताउनुहुन्छ । माटो परीक्षण गरेर खाद्य तत्वको अवस्था के छ माटोको अम्लीय र क्षारीयपनको अवस्था के छ भन्नेमा मापन गर्ने तथा माटोमा प्राङ्गारीक पदार्थको अवस्था जान्न पनि माटो परीक्षण अनिवार्य रहेको उहाँ बताउनुहुन्छ ।

किरण गुप्ताका अनुसार माटो ‘परीक्षण गरेपछि माटोको अवस्था अनुसार कुन बाली लगाउने, मल कति हाल्ने, माटोलाई उपचारको आवश्यकता छ कि छैन भन्ने थाहा हुन्छ र माटोको उपचार हुन सक्छ’– उहाँ भन्नुहुन्छ– ‘अनि मात्रै बाली लगाउँदा उत्पादन बढ्छ, रोग ब्याधि कम लाग्छ भने उत्पादन लागत पनि घट्छ ।’उहाँले माटो परीक्षण गरेर सोही अनुसार खाद्य तत्व प्रयोग गर्न थाले जिल्लामा अहिले खपत भइरहेको रासायनिक मलको मात्रा घट्ने बताउनुहुन्छ । ‘पहिले गोठेमलको प्रयोग हुन्थ्यो । त्यसको तत्व २÷३ वर्षसम्म विरुवाले लिन्थ्यो, अहिले रासायनिक मलको प्रयोग बढी छ । सबै तत्व विरुवाले नलिने हुँदा माटो विग्रन थालेको हो’– उहाँ भन्नुहुन्छ– ‘युरिया डिएपी मात्रै हाल्ने गरिएको छ पोटास पनि कम प्रयोग भएको छ । त्यसकारण पनि माटो बिग्रेको हो ।’ उहाँका अनुसार बढी रासायनिक मलको प्रयोगले माटोमा भएको जीवाणु घटाउने काम गरिरहेको छ ।सन्तुलन मिलाएर रासायनिक मलको प्रयोग नहुँदा माटो बिग्रदै गएको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकार कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय खजुरा बाँकेमा माटो तथा मल परिक्षण प्रयोगशाला छ यहाँ प्रयोगशालामा माटोको नाईट्रोजन, फोसफरस, पोटास ,अर्गानिक पदार्थ, बनावट र पि।एच। परिक्षण हुन्छ प्रङ्गारिक मलको प्राङ्गारिक पदार्थक, नाईट्रोजन, फोसफरस, पोटास ,अर्गानिक पदार्थ, चिस्यान र पि।एच । तथा रासायनिक मलको नाईट्रोजन, फोसफरस, पोटास र पि।एच । परिक्षण नियमित रुपमा भैरहेको छ । तर अझै पनी किसानहरुमा माटो परिक्षण गर्नपर्छ भन्ने सोचाइको विकास भएको छैन।

 

प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij