रुसले युक्रेनमा ठूलो हवाई आक्रमण

रुसले युक्रेनमा ठूलो हवाई आक्रमण

रुसले युक्रेनमा ठूलो हवाई आक्रमण गरेको छ । रुसले रातभर युक्रेनको राजधानी किभलगायतका शहरहरूलाई निशाना बनाएर ५ सय ५० वटा ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।

रुसले प्रहार गरेकामध्ये ४ सय ७६ वटा ड्रोन हवाई प्रतिरक्षा प्रणालीले नष्ट पारेको युक्रेनी वायु सेनाले बताएको छ ।

रुसले युक्रेनको सुमी, खार्किभ र चेर्निहिभ क्षेत्रहरूमा पनि आक्रमण गरेको छ । युक्रेनले यो आक्रमणलाई युद्ध शुरू भएयताकै ठूलो भनेको सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको फोन वार्ताको केही घण्टापछि युक्रेनमा यो आक्रमण भएको हो । यो कुराकानीपछि अमेरिकी राष्ट्रपतिले पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न तयार नभएकोमा आफू निराश भएको बताउनुभएको खबरमा उल्लेख छ । पुटिनसँगको वार्तापछि ट्रम्पले लडाइँ अन्त्य गर्ने दिशामा कुनै प्रगति नभएको बताउनुभयो ।

ट्रम्पको युद्धविराम प्रस्तावलाई पुटिनले अस्वीकार गरेपछि किभमा ड्रोन आक्रमण बढेको बीबीसीले जनाएको छ ।

यस्तै युक्रेनले पनि रुसमा ड्रोन आक्रमण गरेको छ । युक्रेनी ड्रोन आक्रमणमा रुसमा एक जना महिलाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच युक्रेनसँगको युद्धमा हिजो रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गुदकोभको मृत्यु रुसका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन् ।

रुसले सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरमा आक्रमण शुरू गरेदेखि युक्रेनमा तीन वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, असार २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij