नेपाल एभरग्रीन पब्लिक स्कुल भू.पू. विद्यार्थीद्धारा गुरुपूर्णिमाको अवसरमा शिक्षक सम्मान

नेपाल एभरग्रीन पब्लिक स्कुल भू.पू. विद्यार्थीद्धारा गुरुपूर्णिमाको अवसरमा शिक्षक सम्मान

बुटवल-नेपाल एभरग्रीन पब्लिक स्कुल बुटवल–१७ का भूपू विद्यार्थी समितिले गुरुपूर्णिमाको अवसरमा शिक्षक सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

गुरुपूर्णिमाको दिन विद्यालयका पूर्व विद्यार्थीहरूले शिक्षामा योगदान पुर्‍याएका आफ्ना गुरुहरूलाई टीका, फूल र मायाको चिनो अर्पण गर्दै श्रद्धा र कृतज्ञता प्रकट गरेका थिए।

विद्यालय प्रांगणमा समितिका अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय सञ्चालक समिति अध्यक्ष बालकृष्ण तिवारीले गुरुपूर्णिमाको महत्वबारे प्रकाश पार्दै गुरु–शिष्य सम्बन्ध झन् प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले बाल्यकालदेखि नै गुरुहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै, सफल जीवनका लागि मार्गदर्शन दिने गुरुप्रति सम्मान प्रकट गर्नु आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा यस्ता अवसरले सामाजिक सद्भाव र संस्कार प्रवर्द्धनमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो।

विद्यालयका भूपू शिक्षक तथा सञ्चालक समिति सल्लाहकार उमानन्द घिमिरेले शिक्षक र शिक्षण पेशा स्वयंमा सम्मानित हुने बताउनुभयो। “हामीले पढाएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा सफल भई हामीलाई सम्मान गर्दैछन् भन्ने अनुभूति आफैँमा ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो। “यस्ता कार्यक्रमले शिक्षकको श्रमप्रति कदर मात्र होइन, भावी पुस्तालाई पनि शिक्षा र संस्कृतिको महत्त्व बुझाउँछ।”

विद्यालयका प्राचार्य कपिलमणि ढकालले पूर्व विद्यार्थीबाट गुरुपूर्णिमा जस्तो पवित्र अवसरमा पाएको सम्मान आफूहरूका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षक–विद्यार्थी सम्बन्ध समयको सीमाभन्दा माथि हुन्छ। वर्षौँपछि पनि त्यो सम्बन्ध गहिरो रूपमा देखिनु नै शिक्षाको साँचो सफलता हो।”

कार्यक्रममा सह(प्राचार्य विष्णु अर्याल, भूपू विद्यार्थी देवेन्द्र साठिघरे, हालका विद्यार्थी अप्रिल काफ्ले र एलिना ढकाललगायतले शिक्षकहरूको योगदानको चर्चा गर्दै मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम भूपू विद्यार्थी समिति अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षता, उपाध्यक्ष टिकाराम गैरेको स्वागत मन्तव्य र शिक्षक कुसल पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो।

प्रकाशित मिति : बिहिबार, असार २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij