भक्तपुर , राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को मौका पूरक परीक्षाको समयतालिका तथा आवेदन फारम बुझाउने सम्बन्धमा सूचना प्रकाशित गरेको छ । वैशाखमा सम्पन्न कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भई सैद्धान्तिक विषयहरूमा न्यूनतम डी ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर बढीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा दुई विषयमा अनुपस्थित भएका वा एउटै विषयमा एनजी वा अनुपस्थित भएका नियमित परीक्षार्थीहरू मात्र मौका परीक्षामा सहभागी हुन पाउने बोर्डले जानकारी दिएको छ । परीक्षा भदौ २८ गते शनिबार र भदौ २९ गते आइतबार बिहान ११ बजेबाट २ बजेसम्म सञ्चालन हुने भएको छ ।
सोमबार मात्रै कक्षा १२ को परीक्षाको नजिता सार्वजिनक भएको थियो । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१।१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८।८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
प्रकाशित मिति : मंगलबार, साउन २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्