मणिग्राममा मोटरसाइकल दुर्घटना, २० वर्षीय युवकको मृत्यु

मणिग्राममा मोटरसाइकल दुर्घटना, २० वर्षीय युवकको मृत्यु

रुपन्देही — तिलोत्तमा नगरपालिका–५ मणिग्राममा सोमबार बिहान मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भइ हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा, भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार, बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल सोमबार बिहान पौने ४ बजे मणिग्राममा आफैँ अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका भुसाललाई उपचारका लागि क्रिमसन अस्पताल पु¥याइएकोमा, अस्पताल पुग्नेबित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुमानअनुसार पानी परेकाले सडक चिप्लिनु र टायर पर्चिनु दुर्घटनाको कारण हुनसक्ने बताइएको छ।

प्रकाशित मिति : सोमबार, साउन २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij