बुटवल -लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्माले नेपाली कांग्रेस घोराही–३ का वडा सभापति शरद बुढाथोकीविरुद्ध प्रकाशित समाचार र सामाजिक सञ्जालका टिकाटिप्पणीलाई ‘पूर्णतः आधारहीन, निस्पक्षता बिनाको र राजनीतिक पूर्वाग्रहबाट प्रेरित चरित्रहत्या’ भन्दै कडा आपत्ति जनाएकी छिन्।

साउन १६ गते नेपाली काँग्रेस राजपुर गा.पा. का सचिव सालिक राम यादव को निधन र राजपुर ३ कि वडा सदस्य मिना बि. क को आमाको निधनमा समवेदना प्रकट गर्दाको तस्विर.
विश्वकर्माले स्पष्ट पार्दै भनिन्,“१६ र १८ गते हामी कार्यक्रममै व्यस्त थियौँ। यस घटनामा न त सभापति बुढाथोकीको, न त मेरो सचिवालयको कुनै संलग्नता छ। तर सत्य–तथ्यको आधारमा नपुगी, एकलौटी ढंगले समाचार तयार पारिएकोमा गम्भीर आपत्ति छ।”

यो साउन १८ गते भएको अल्पसंख्यक सिमान्तकृत समुदायको अधिकारको सुनिश्चितताको लागी दाङमा भएको कार्यक्रम जहा स्वकिय सचिव संगै थिए।
उनका अनुसार, केही अनलाइन सञ्चारमाध्यम र एमाले समर्थित कार्यकर्ताहरूले गाउँको खानेपानीको कुँवामा मलमूत्र हालिएको आरोपसहित बुढाथोकीको नाम सार्वजनिक गर्नु नियोजित र बदनाम गर्ने उद्देश्यले गरिएको हो। उनले चेतावनी दिँदै भनिन्,
“यस प्रकारको आरोपले व्यक्तिको सामाजिक हैसियत, राजनीतिक छवि र व्यक्तिगत प्रतिष्ठामा गम्भीर आघात पुर्याउँछ।”
प्रदेशसभा सदस्य विश्वकर्माले संविधानमा सुनिश्चित गरिएको महिला, दलित, आदिवासी, जनजाति, मुक्त कम्लहरी, सीमान्तकृत, मुस्लिमलगायतका समुदायका हक–अधिकारलाई रक्षा गर्दै समानतामा आधारित समाज निर्माणको प्रतिबद्धता दोहोर्याइन्।
उनले थपिन्,“राजनीतिक पूर्वाग्रहका कारण निर्दोष व्यक्तिको चरित्रहत्या गर्ने छुट कसैलाई पनि छैन।”
यस घटनामा नेपाली कांग्रेस, जिल्ला कार्यसमिति दाङले पनि आधिकारिक विज्ञप्ति जारी गर्दै बुढाथोकीविरुद्धको आरोपलाई पूर्णतः असत्य भएको दाबी गरेको छ।जिल्ला सभापति शंकरप्रसाद डाँगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
“वडा सभापति बुढाथोकीको कुनै संलग्नता नभएको घटनामा राजनीतिक पूर्वाग्रह राखी नियोजित रूपमा बदनाम गर्ने प्रयास भएको छ। यस्तो तथ्यहीन समाचार प्रकाशन नगर्न सबैमा हार्दिक अपील गर्दछौं।”

कांग्रेस दाङले तथ्य, प्रमाण र निस्पक्षता बेवास्ता गरेर गरिने चरित्रहत्या प्रयासको घोर भर्त्सना गर्दै जिम्मेवार सञ्चारप्रतिको अपेक्षा व्यक्त गरेको छ।
प्रकाशित मिति : बुधबार, साउन २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्