नेपालगञ्ज, बाँके प्रहरीले २२ लाख रुपैयाँभन्दा बढी नगद र लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो, नेपालगञ्ज शाखाबाट खटिएको टोलीले मंगलबार राति नेपालगञ्ज–१४ उदयपुर निवासी २८ वर्षीय रमेश लोनियाको घरमा छापा मारेको थियो ।
छानबिनको क्रममा नेपाली र भारतीय मुद्रा गरी कुल २२ लाख ३ हजार ९१५ रुपैयाँ र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए ।
प्रहरीका अनुसार लोनियाको घरबाट सुन–चाँदीका विभिन्न गरगहना, पाँच थान खुकुरी, भारतीय नम्बरको दुई थान मोटरसाइकल, १० वटा मोबाइल फोन र एक थान डिएसएलआर क्यामेरा समेत बरामद गरिएको छ । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप चार जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डीएसपी पातलीले बताए।
उनका अनुसार लोनियाविरुद्ध लागुऔषध कसुरसहितका मुद्दामा विस्तृत अनुसन्धान भइरहेको छ भने अन्य चार जनासँग प्रारम्भिक सोधपुछ जारी छ।
प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्