भैरहवा कारागारको भित्तामा रविले लेखे : ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ’

भैरहवा कारागारको भित्तामा रविले लेखे : ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ’

काठमाडौं – रुपन्देही कारागारबाट बाहिरिने क्रममा रास्वपा सभापति रवि लामिछानेले आफु बसेको कोठको भित्तामा अब अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ भन्ने वाक्यांश लेखेका छन् ।

लामिछानेलाई भैरहवा विमानस्थलमा दुई मिनेट भेट गर्न पाएका रास्वपाका प्रवक्ता मनिष झाले यस कुराको जानकारी दिएका हुन् । झाका अनुसार सभापति लामिछनेले कारागारको कोठाको भित्तामा आफुले लेखेर आएको वाक्यांशबारे नेताहरुलाई जानकारी दिएका हुन् । ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु – अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’ लामिछानेले भनेको कुरा उदृध गर्दै झाले फेसबुकमा लेखेका छन् ।

लामिछानेलाई भेटन् झा र उपसभति डा. स्वर्णिम वाग्ले विमानस्थल पुगेका थिए ।
आफुहरुले कारागारमै पुगेर भेट्न चाहेपनि प्रशासनले अनुमति नदिएको झाले उल्लेख गरेका छन् ।

भेटको क्रममा लामिछानेले आफुलाई राजनीतिक प्रतिशोधले जति गलाउन खोजे पनि केही फरक नपर्ने बताएका छन् । झाले रविको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन । यो त मेरो देश हो, मेरो भूमि हो । जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन ।’

लामिछाने भैरहवा कारागारमा १२६ दिन बसेका छन् । उनलाई आजै ललितपुरको नुख्खुस्थित कारागारमा स्थानान्तरण गरिएको छ ।

रविबारे फेसबुकमा मनिष झाले लेखेको पोस्ट यस्तो छ :

कृष्ण जन्माष्टमी र Buddha Air- UA 860
आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौँ उपत्यका स्थित नख्खु कारागार स्थानान्तर गरिँदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए।
हतारिएर, अनिश्चितताको सास फेर्दै
प्रहरी प्रशासनलाई आग्रह गरे, एक छिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो।
विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात् म र पार्टी उपसभापति डा स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनु भयो।
सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरणे कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन।
मैले सोधे,
कति दिन भैरहवा बस्नु भयो? वहाँले भन्नु भयो १२६ दिन।
काठमाडौँ जानु हुदैछ, के सोच्दै हुनुहुन्छ?
वहाँले भन्नुभयो,
“पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँगै माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।”
“भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।”
“राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।”
“म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहाँ कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ।”
“४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।”
“तर पनि म भयभीत छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।”
सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्यो। “अब काठमाडौँमा भेटौला है” भनेर भैरहवाबाट काठमाडौँको लागि उडेको युए 860 बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौँ।

प्रकाशित मिति : शनिबार, साउन ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij