आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकार प्रपञ्च रच्दै : माओवादी केन्द्रको अरोप

आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकार प्रपञ्च रच्दै : माओवादी केन्द्रको अरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० ले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप लगाएको छ ।

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

साथै, वर्तमान सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष पार्टीले निकालेको पनि सापकोटाले बताए । ‘भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेका छन्,’ उनले भने ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम, कारबाहीबारे संक्षिप्त जानकारी गराउनुभएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

सरकार झनै अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको सापकोटाले बताए ।

‘अहिलेको परिस्थितिबारे अध्यक्षजीले संक्षिप्त अपेडेट गराउनु भयो । सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर जाँदैछ । राज्यका सबै संरचनामाथि तिब्र हस्तक्षेपको प्रक्रिया अघि बढिरहेको छ । यो सरकारको नालायकी, कुशासनले गर्दा जनता असाध्यै रुष्ट, आक्रोशित छन्,’ उनले भने ।

सरकारको अलोकतान्त्तिक र अधिनायकवादी चरित्रका कारण व्यवस्थामै असर परेको पनि उनले सुनाए ।

‘यो सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको छ । व्यवस्था विरोधीलाई अवसर प्रदान गरेको जस्तो भइरहेको छ । यो परिस्थिति दिन प्रतिदिन जनताको हित विपरित गइरहेको छ,’ उनले भने, ‘भ्रष्टाचारमा कुरा गर्दा अरु पार्टीलाई छानीछानी अख्तियार लगाउने, जेल हाल्ने, आफ्नालाई हर तरहले बचाउने गरिरहेको छ । जनतालाई भ्रम पार्न सरकार तल्लिन भइरहेको छ ।’

उनका अनुसार भोलि दिउँसो १ बजे पुनस् बैठक बस्नेछ ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij