काठमाण्डौ – एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सहभागी हुन एपीएफ क्लब आज उज्वेकिस्तान प्रस्थान गरेको छ । एपीएफका २० खेलाडीसहित २९ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान गरेको हो ।
एपीएफले प्रतियोगिताको लागि मुख्य प्रशिक्षकमा चेतन घिमिरेलाई अनुबन्ध गरेको छ । अनिता बस्नेत कप्तान रहेको एपीएफले समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा सोमवार आयोजक नासफसँग, दोश्रो खेलमा बिहिवार एशिया स्कलर्ससँग र तेश्रो तथा अन्तिम खेलमा भदौ १५ गते आइतवार अल नासरसँग खेल्ने छ ।
एपीएफ एन्फा महिला लिगको विजेतासमेत हो । गएको संस्करणमा पनि एपीएफले प्रारम्भिक चरणका खेल खेलेको थियो । यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् । यी १९ टोलीलाई पाँच वटा समूहमा विभाजन गरिएको छ ।
चार समूहमा चार–चार वटा टोली हुनेछ । एक समूहमा भने ३ वटा टोली रहेका छन् । हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले एएफसी महिला क्लबमा पहिल्यै छनोट भइसकेका सात टोलीसहित १२ टोलीले फाइनल चरणमा खेल्नेछन् ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्