काठमाण्डौ – डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । यस्तै ६ जना घाइते भएका छन् ।
नवदुर्गा गाउँपालिका–५ को ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जीप आज बिहान सडकबाट पल्टिँदा चार जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले उज्यालोलाई जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा १८ वर्षीया सुशीला बिक, ४ वर्षीया प्रतिका कार्की, ४८ वर्षीय चन्द्र बहादुर साउद, चालक ३५ वर्षीय राम बहादुर साउद, ४२ वर्षीय गणेश बहादुर साउद र ४४ वर्षीय प्रकाश बिक घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्