गोरखामा रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
काठमाडौंबाट गोरखा जाँदै गरेको रात्रि बस भीमसेन थापा गाउँपालिका–३ मा बा ०१–००६ ख ४१३१ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा २१ जना घाइते भएको गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले जानकारी दिए।
उनका अनुसार गोरखा दरौदी यातायात सेवा प्रालिको बस आज बिहान पौने ६ बजे दुर्घटना भएको हो।
घाइतेमध्ये ३–४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन्।
प्रकाशित मिति : मंगलबार, भाद्र १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्