अर्घाखाँची : श्रीमानले श्रीमतीकाे हत्या गरी शव घरभित्रै पुरे

अर्घाखाँची : श्रीमानले श्रीमतीकाे हत्या गरी शव घरभित्रै पुरे

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलपोखरामा श्रीमानले श्रीमतीको हत्या गरी शव घरभित्रै पुरेको खुलेकाे छ ।

हत्यामा संलग्न ३६ वर्षीय श्रीमान् किरण गुरुङ पक्राउ परेका छन् । उनले ३४ वर्षीया सुमित्रा कुमालको हत्या गरी भान्साकोठामा पुरेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बताउनुभयो ।

श्रीमतीको हत्या गरेपछि किरणले ९ वर्षीया छोरीलाई कसैलाई नभन्न लगाएको समेत खुलेको छ । हत्या भएको ६ दिनपछि शव भेटिएको हो ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ्ग स्थायी घर भएका किरण विगत ८ वर्षदेखि छत्रदेव–४ को पातलपोखरामा बस्दै आएका थिए ।

माइती पक्षले बल्कोट प्रहरी चौकीमा सुमित्राको खोजीका लागि खबर गरेका थिए । झगडापछि गएको ११ गते राति श्रीमतीको हत्या गरेको किरणले स्वीकार गरेका प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij