‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु भएको एमालेको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन्। आज बिहान ८ बजेदेखि सुरु हुने दोस्रो दिनको कार्यक्रममा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुँदैछ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार हिजै यी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहे पनि समय अभावको कारण प्रस्तुत हुन पाएन।आज तीनवटा प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि सबै प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी छ। हिजो अधिवेशन उद्घाटनसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
त्यसैगरि एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्। आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ। एमालेले विधान महाधिवेशन भोलिसम्ममा सक्ने तयारी गरेको छ।
प्रकाशित मिति : शनिबार, भाद्र २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्