जेनजीको प्रदर्शनमा रिपोर्टिङ गर्न गएका चार पत्रकार घाइते

जेनजीको प्रदर्शनमा रिपोर्टिङ गर्न गएका चार पत्रकार घाइते

काठमाडौं , जेनजीको प्रदर्शनमा रिपोर्टिङ गर्न गएका चार पत्रकार घाइते भएका छन् ।

प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर चार पत्रकार घाइते भएका हुन् ।

घाइते हुनेहरुमा कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपाल प्रेसडटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाल घाइते भएका छन् ।

घाइते दंगालको ट्रमा सेन्टरमा उपचार भएको छ । अन्यको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका छन् । सोही प्रदर्शनका रिपोर्टिङ गर्न गएका उनीहरु घाइते भएका हुन् ।

आजको प्रदर्शनमा प्रहरीको गोली लागेर  १६ जनाको मृत्यु भएको छ । एक सय बढी घाइते भएका छन् ।

प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij