काठमाण्डौ – आज कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहने छ ।
देशका पहाडी तथा तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पूर्वको कोशीसहित बागमती र गण्डकीका पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।
गएराति पूर्वको झापा र पश्चिमको बर्दिया आसपासका क्षेत्रमा ठूलो पानी परेको थियो । देशका अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भयो । आजराति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका पनि बाँकी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्