जेन जी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको अन्त्येष्टि आज गरिँदै

जेन जी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको अन्त्येष्टि आज गरिँदै

काठमाडौँ ,  जेन जी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको अन्त्येष्टि मंगलबार गरिँदैछ।

त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका एक जनागरी १० मृतकको अन्त्येष्टि गरिनेछ।नगरपरिक्रमासहित अन्त्येष्टि गर्ने तयारी भएको छ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको अन्त्येष्टि भइसकेको छ। १० जनाको चाहिँ मंगलबार हुन लागेको हो।

सरकारले मृतकहरूको अन्त्येष्टि राष्ट्रिय सम्मान दिएर गर्ने निर्णय गरिसकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पनि मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने पनि निर्णय गरेको छ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij