भैरहवा, भैरहवामा विजयादशमी, दीपावली, छठ पर्व र नेपाल संवत् ११४६ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रमाइलो र आपसी सदभाव का साथै “युवा पुस्ताले उठाएका सवालहरूलाई बेवास्ता गर्न सकिँदैन, तर त्यसलाई समाज सुधारतर्फ उपयोग गर्न सकिने कार्यक्रममा बोल्ने वक्ताले बताएका छन। सो अवसरमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, टेलिभिजन प्रसारक संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवाली, लुम्बिनीखबर सञ्चार गृहका अध्यक्ष श्री रायमाझी, नागरिक समाजका अगुवा विजय सागर, समाजशास्त्री उमेश चन्द्र रिजाल, र लुम्बिनीखबर सञ्चार गृहका निवर्तमान अध्यक्ष गोकुल पोख्रेलले लगायतले पर्वको उल्लासलाई मात्र सीमित नराखी, सामाजिक बहस, विचार आदान–प्रदान र आपसी संवादको अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनीखबर सञ्चार गृहको आयोनामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : शनिबार, असोज ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्